सहकारीको उत्पादनको बजारिकरण सम्बन्धी तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १७

देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाको आयोजना तथा हेफर इन्टरनेशनल नेपालको सहजीकरण एवं सहयोगमा सहकारीबाट उत्पादित बस्तु तथा सेवाको बजारिकरण सम्बन्धी २ दिने तालीम आइतबार देवघाट गाउँपालिकाको सिटी हलमा सम्पन्न भएको छ ।

सो तालिममा सहकारी संस्थाले उत्पादन गरेका विभिन्न बस्तु तथा सेवाहरुको बजारिकरण गर्ने सम्बन्धमा हेफर इन्टरनेशनल नेपालका निराजन पाण्डे र ऋषिराम पौडेलले सहजिकरण गरेका थिए ।
तालिममा सहकारी संस्थाका सञ्चालक समीती लेखा समिती, सल्लाहकार समिती, ऋण उपसमीती सदस्यहरु तथा संस्थाका सम्पूर्ण कर्मचारीहरुको उपस्थिती रहेको सहकारीकी व्यवस्थापक संगिता ओझो जानकारी दिइन् ।

सहकारीले आफ्ना शेयर सदस्यबाट दुध संकलन गरि दुग्धजन्य विभिन्न बस्तुहरु उत्पादन गरि विक्री गर्दै आएको छ । साथै सहकारीका शेयर सदस्यलाई गाई भैसी तथा बाख्रा पालन एवं व्यवसायीक रुपमा कृषि पेशा गर्न विभिन्न तालिम तथा आवश्यक सहजिकरण एवं ऋण लगानी गर्दै आएको व्यवस्थापक ओझाले बताइन् ।

सहकारीले उत्पादन गरेको घ्यु, पनिर, खुवा, दही अन्य दुग्धजन्य बस्तु देवघाट सहित नारयणगढ, भरतपुर, गैडाकोट तथा अन्य शहरहरुमा विक्री हुँदै आएको छ । २ दिने उक्त तालिममा उत्पादित ति बस्तुहरुको विक्रीकोलागि बजारीकरण सम्बन्धी विषयमा सन्चालकहरुलाई आवश्यक सहजिकरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय