अपाङ्गताको नाममा राजनीतिः देवघाटका बगालेलाई दिएको ह्विल चियरमा दुई संस्थाको दाबी

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १७

देवघाट गाउँपालिका–५ पिपलटारका अपाङ्गता भएका जिवन बगालेले शनिबार ह्विल चियर प्राप्त गरे । उनको दैनिकीकोलागि ह्विल चियर अत्यावश्यक थियो । उनले अत्यावश्यक भएको बस्तु पाए । उक्त ह्विल चियर आफुलाई कसले दिएको भन्ने जिवनलाई थाह छैन, उनले ह्विल चियर पाए, त्यो नै ठुलो भयो, कसले पठायो भन्ने बारेमा उनलाई चासो हुने कुरा भएन । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उक्त ह्विल चियर अपाङ्गता भएका जिवनलाई हस्तान्तरण गरेका थिए ।

तर बगालेलाई हस्तान्तरण गरिएको उक्त ह्विल चियर आफुले दिएको भन्दै दुई संस्थाले दावी गरेका छन् । देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले शनिबार नै उक्त ह्विल चियर राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले उपलब्ध गराएको दावी गर्दै फेसबुकमा सांसद पन्थलाई धन्यवाद सहितको स्टाटस लेखे । वडा अध्यक्ष कुँवरले लेखेका छन् ‘राष्ट्रिय सभा माननीय प्रकाश पन्थ ज्युको सहयोगमा देवघाट–५ पिपलटार निवासी खगेश्वर बगालेका छोरालाई ह्विल चियर उपलब्ध गराउनु भएको छ । माननीय ज्यु यस्ता ह्विल चियरहरु आवश्यक अझै तिनवटा छन् । साथै दमौलीबाट देवघाटसम्म ल्याउन सहयोग गर्नु हुने उत्तर बहादुर थापालाई धन्यवाद दिन चहान्छु ।’ श्रोतका अनुसार अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्ने केही संघ संस्थाहरुले उक्त ह्विल चियर सांसद प्रकाश पन्थले उपलब्ध गराएको भन्दै प्रचार गरेपछि सोही अनुसार वडा अध्यक्ष कुँवरले फेसबुक मार्फत सांसद पन्थलाई धन्यवाद दिएका थिए ।

यता वडा अधयक्ष कुँवरको दावी पछि सह्यदयी मन्च तनहुँले उक्त ह्विल चियर आफुहरुको पहलमा दिईएको दावी गर्दै फेसबुक मार्फत नै दावी पेश गरेको छ । सह्दयी मन्च नेपाल तनहुँ नामको फेसबुक पेजबाट शनिबार साँझ नै स्टाटस मार्फत सो दावी गरिएको हो ।

‘लायन्स क्लब अफ सत्यवती तनहुँको सहयोग तथा सहृदयी मन्च तनहुँ समन्वयमा देवघाट गाउँ पालिका वडा नम्बर ५ निवासी शारीरिक अपाङ्गता भएका जीवन बगालेलाई देवघाट गाउँ पालिकाका अध्यक्ष तिल बहादुर थापाद्वारा ह्विलचियर प्रदान । आशा छ यो ह्विलचियर बाट जीवनको दैनिक जीवनयापनमा सहजता आउने छ । धेरै धेरै धन्यवाद लायन्स क्लब अफ सत्यवती र त्यसको संयोजन गरिदिनु हुने अन्जना तिम्ल्सेना र प्रदान गरि सहयोग गरिदिनु भएकोमा गाउँ पालिका अध्यक्ष तिल बहादुर थापा तथा ह्विलचियर दमौलीबाट देवघाट सम्म लैजान सहयोग गरिदिनु भएकोमा उत्तर थापालाई ।’

यसैगरि लायन्स क्लव अफ तनहुँ सत्यवतीकी अन्जना तिमिल्सेनाले आइतबार साँझ फेसबुक मार्फत नै सम्बन्धित व्यक्तिहरूले आफूले सहयोग गरेको भनेर अनर्गल प्रचार गरिनु अपाङ्गता भएका व्यक्तिमाथि राजनीति गर्न खोजिएको आरोप लगाएकी छिन् ।

उनले फेसबुक पोष्टमा ‘ओहो ! अति भयो, लायन्स क्लव अफ तनहुँ सत्यवतीले देवघाट –५ पिपलटार निवासी खगेश्वर बगालेका छोरा जीवन बगालेलाई भदौ ८ गते शुक्रबार सहृदयी मञ्च तनहुँ नेपालको समन्वयमा उत्तर थापा मार्फत ह्विल चियर उपलब्ध गराएको हो तर अपाङ्गता व्यक्तिलाई गरिएको सहयोग कस्ले को मार्फत गरायो भन्ने यथार्थ भन्दा बहिर गएर असम्बन्धित व्यक्तिहरूले आफूले सहयोग गरेको भनेर अनर्गल प्रचार गरिनु अपाङ्गता भएका व्यक्तिमाथि राजनीति गर्न खोजिएको हो । कृपया यस्ता कार्य बन्द गर्नुहोस् ।’ भनेकी छिन् ।

त्यस्तै उनले ‘स्मरण रहोस्, प्रदेश सदस्य माननीय अशोक कुमार श्रेष्ठले लायन्स क्लबको डिष्ट्रिक्ट गभर्नर हुँदा तयार पार्नुभएको नारा ‘दिएर बाँचौ’ लाई मनन गर्दै प्रदेश सदस्य श्रेष्ठकी धर्मपत्नी रामशोभा श्रेष्ठ अध्यक्ष भएको क्लव लायन्स क्लव अफ तनहुँ सत्यवतीले ह्वील चियर उपलब्ध गराएको हो ।’ भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक