दमौली, भदौ १८
म्याग्दे गाँउपालिकाले गाउँपालिका भित्र लम्कि स्क्रिन रोगवाट पशुको मृत्यृ भएका कृषकलाई राहत दिने भएको छ । यसको लागि मृत्यु भएका पशुको विवरणको लगत संकलन गर्ने भएको छ ।
गाँउपालिकाको पशु सेवा शाखाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्थानीय स्तरमा पालिएको पशु चौपायको आकस्मिक क्षतिको कारण सहयोग ‘पुर्नस्थापनाका लागी व्यवसाय पुर्नस्थापना सहयोग कार्यक्रम’ अन्तरगत पशु मृत्युको लगत संकलन गर्ने भएको हो ।
आकस्मिक रुपमा देखा परेका लम्पि स्क्रिन रोगका कारण हाल सम्म मृत्यृ भएको पशुको विवरण सम्पुर्ण वडा कार्यलय मार्फत वुझाउन गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जित वहादुर रानाले जारी गरेको विज्ञप्तीमा जनाईएको छ । उक्त विवरण संकलन गरि कृषकलाई आवश्यक राहत उपलब्ध गराईने गाउँपालिकाले जनाएको छ ।