म्याग्देले कक्षा ६ का विद्यार्थीको दिवा खाजाको व्यवस्थापन गर्ने

Devghat Online

शेयर गरौ

दमौली, भदौ १८

तनहूँको म्याग्दे गाउँपालिकाले कक्षा ६ का विद्यार्थीलाई दिवा खाजाको व्यवस्थापन गर्ने भएको छ । गाउँ कार्यपालिकाको आईतबार बसेको बैठकले गाउँपालिका भत्रिका सम्पुर्ण सामुदायिक विद्यालयका कक्षा ६ का विद्यार्थीहरुलाई गाउँपालिकाको कोषबाट दिवा खाजाको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

संघिय सरकारले चालु आर्थिक वर्षमा कक्षा ६ का बिधार्थीलाई दिएको खाजा अनुदान रकम कटौती गरेको थियो । यसले कक्षा ६ का विद्यार्थीहरु मारमा परेका थिए । यसर्थ म्याग्दे गाउपालिकाले भदौ २१ गते देखि लागु हुने गरि गाउँ पालिकाभित्रका सामुदायिक बिधालयमा कक्षा ६ मा अध्ययनरत सम्पुर्ण छात्रछात्रालाई खाजा व्यावस्थापनका लागि पालिकाको आन्तरिक श्रोतबाट अनुदान उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जितबहादुर रानाले बताए ।

यो निर्णयसँंगै अबदेखि सामुदायिक बिधालयमा अध्ययनरत बालबिकास देखि कक्षा ६ सम्मका बालबालिकाले खाजा सुबिधा प्राप्त गर्ने भएका छन् । यसले सयौं विद्यार्थीहरु लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको