दमौली, भदौ १८
व्यास नपा–१ मा रहेको तनहुँको पहिलो सामुदायिक क्याम्पस आदिकवि भानुभक्त क्याम्पसको ३७ औं वार्षिकोत्सव सामेबार विभिन्न कार्यक्रम गरि मनाईयो । वार्षिकोत्सवको गन्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गरेका थिए ।
सो अवसरमा मुख्यमन्त्री पाण्डेले गाँउमा विकासमा पूर्वाधार पुगेपनि गाउँमा बस्ने मानिसको संख्यामा कमि आएको बताएका छन् । गाउँमा विद्यालयका भवन बनेपनि पढ्ने विद्यार्थी छैनन्, मोटरबाटो पुगेपनि चड्ने मानिसहरु नभएको मुख्यमन्त्री पाण्डेको भनाई थियो । विकासका पूर्वाधारहरु गाउँमा क्रमश रुपमा पुगेपनि बस्तीहरु रित्तिदै गएको कारण यसलाई पूर्नःजिवित गर्ने चुनौती रहेको उनको भनाई थियो ।
गाउँको बसाईसराईलाई कम गर्नका लागि उत्पादनसंग अनुदान कार्यक्रम गण्डकी प्रदेश सरकारले सुरु गरेको मुख्यमन्त्री पाण्डेले बताए । केहिपनि भएन भन्ने मानसिकताले देश आर्थिक रूपमा झनै कमजोर बनेको उनको भनाई छ । नकारात्मक धारणाका कारण देशको आर्थिक अवस्था झनै कमजोर भएको बताउदै मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालको प्रयोगमा समेत नकारात्मकता बढेको उल्लेख गरे ।
आवेश र उत्तेजनामा समाजिक सञ्जालको प्रयोग गर्न नहुने मुख्यमन्त्री पाण्डेले बताए । पछिल्लो समय बैदेश जानेको संख्या बढेको बताउदै मुख्यमन्त्री पाण्डेले स्थानिय स्तरमै रोजगारी सिर्जना गरेर स्वदेशमै रोक्न सकिन्छ कि भनेर प्रदेश सरकार लागेको बताए । गाउँमा पानी बाटो विद्यालय विकासका पुर्वधार बिस्तारै पुगेपनि गाउमा वस्ने मानिस नभएको तथा बसाइँसराइ बढेको कारण यो चुनौतीको विषय भएको मुख्यमन्त्री पाण्डेको भनाई थियो । गण्डकी प्रदेश सरकारले किसानलाई विशेष ध्यान दिदै उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेको समेत उनले बताए ।
क्याम्पस सन्चालक समितिका अध्यक्ष बुद्धिकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित सो कार्यक्रममा मुख्यमन्त्री पाण्डे, गन्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जितप्रकाश आले, पुर्वमन्त्री हरिबहादुर चुमान, गन्डकी प्रदेश सभाका सांसद अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती प्रर्दशन गरेका थिए । त्यस्तै विभिन्न परिक्षा, कार्यक्रम तथा प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।