शुक्लागण्डकीको प्रमुख प्रशासकीयय अधिकृतमा लामगादे

Devghat Online

शेयर गरौ

दमौली, भदौ १९

शुक्लागन्डकी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रामचन्द्र लामगादेले मंगलबारदेखी जिम्मेबारी सम्हालेका छन् ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत भदौ ५ गतेको निर्णय अनुसार यस अघिका प्रमुख प्रशासकीय अधिकृत लिला बल्लभ न्यौपानेको गृह मन्त्रालयमा सरुवा भएपछि लमजुङको मध्यनेपाल नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका लामगादेको शुक्लागण्डकीमा सरुवा भएको थियो ।

लामगादे यसअघि २०६९ सालमा करिव डेढ वर्ष व्यास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । त्यस अघि उनी २०६६ देखि २०६९ सम्म डिभिजन सहकारी कार्यालय तनहुँको प्रमुखको रुपमा कार्यरत थिए ।

पदभार ग्रहण गर्दै लामगादेले शुक्लागन्डकी नगरपालिकालाई समृद्ध नगर बनाउने कार्यमा लागी पर्ने बताए । उनले तनहुँ जिल्ला आफ्नो लागि अपरिचित र नौलो ठाउँ नरहेको भन्दै यहाँका लागि जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र कर्मचारीको साथ र सहयोग पाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले