म्याग्दे गाउँपालिकाले तिज गित प्रतियोगिता गर्ने

Devghat Online

शेयर गरौ

दमौली, भदौ १९

नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा म्याग्दे गाउँपालिकाले महिला समुहरुको विचमा गाउँपालिका स्तरिय तिज गित प्रतियोगिता गर्ने भएको छ । ‘म्याग्दे गाउँपालिका अभियान रैथाने बाली संरक्षण’ शिर्षकमा भदौ २६ गते मंगलबार गाउँपालिका स्तरिय महिला समुहरुको तिज गित प्रतियोगिता गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर रानाले बताए ।

उक्त प्रतियोगिताका प्रथम, द्वित्तिय, तृतिय तथा स्वान्त्वना हुने टिमलाई क्रमशः १२ हजार, १० हजार, ७ हजार र ३५ सय नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ । साथै सहभागी हुने सबै टिमलाई यातयात खर्च वापत १ हजार उपलब्ध गराईने रानाले जानकराी दिए ।

प्रतियोगितामा सहभागी हुनको लागि भदौ २५ गते साँझ ५.०० बजेसम्म फोनबाट समुह दर्ता गराउनु पर्ने हुन्छ । प्रतियोगितामा एक समुहमा नृत्य कलाकार सहित बढिमा सात देखी दश जना सहभागी संख्या हुनुपर्नेछ, त्यस्तै बाद्यबादनको व्यवस्था गाउँपालिकाले उपलब्ध गराउने भएको छ ।

नेपाली मौलिक संस्कृति झल्काउने पोशाक लगाउने समुहलाई विशेष ग्राह्यता दिइने गाउँपालिकाले जनाएको छ । साथै कुनै व्यक्ति, धर्म, सम्प्रदाय, राजनीतिक दल विशेषलाई व्यक्तिगत आक्षेप लगाउन पाइनेछैन भने एक महिला समुहबाट एक समुहको प्रस्तुतीलाई मात्र मान्यता दिइनेछ । एक व्यक्ति अर्काे समुहको प्रस्तुतीमा आवद्ध हुन पाइनेछैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा