म्याग्दे गाउँपालिकाले तिज गित प्रतियोगिता गर्ने

Devghat Online

शेयर गरौ

दमौली, भदौ १९

नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा म्याग्दे गाउँपालिकाले महिला समुहरुको विचमा गाउँपालिका स्तरिय तिज गित प्रतियोगिता गर्ने भएको छ । ‘म्याग्दे गाउँपालिका अभियान रैथाने बाली संरक्षण’ शिर्षकमा भदौ २६ गते मंगलबार गाउँपालिका स्तरिय महिला समुहरुको तिज गित प्रतियोगिता गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर रानाले बताए ।

उक्त प्रतियोगिताका प्रथम, द्वित्तिय, तृतिय तथा स्वान्त्वना हुने टिमलाई क्रमशः १२ हजार, १० हजार, ७ हजार र ३५ सय नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ । साथै सहभागी हुने सबै टिमलाई यातयात खर्च वापत १ हजार उपलब्ध गराईने रानाले जानकराी दिए ।

प्रतियोगितामा सहभागी हुनको लागि भदौ २५ गते साँझ ५.०० बजेसम्म फोनबाट समुह दर्ता गराउनु पर्ने हुन्छ । प्रतियोगितामा एक समुहमा नृत्य कलाकार सहित बढिमा सात देखी दश जना सहभागी संख्या हुनुपर्नेछ, त्यस्तै बाद्यबादनको व्यवस्था गाउँपालिकाले उपलब्ध गराउने भएको छ ।

नेपाली मौलिक संस्कृति झल्काउने पोशाक लगाउने समुहलाई विशेष ग्राह्यता दिइने गाउँपालिकाले जनाएको छ । साथै कुनै व्यक्ति, धर्म, सम्प्रदाय, राजनीतिक दल विशेषलाई व्यक्तिगत आक्षेप लगाउन पाइनेछैन भने एक महिला समुहबाट एक समुहको प्रस्तुतीलाई मात्र मान्यता दिइनेछ । एक व्यक्ति अर्काे समुहको प्रस्तुतीमा आवद्ध हुन पाइनेछैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशुली किनारमा बालुवा मुनी भेटिएको बस गणपती डिलक्सको भएको पुष्टि

तनहुँ । पुस २९ आबुँखैरेनी गाउँपालिका–५ दुन्द्राङवेशी स्थित त्रिशुली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको

खाल्टेमा माघे सक्रान्तिमा बृहत् सास्कृृतिक कार्यक्रम तथा भलिवल प्रतियोगिता हुने

विष्णु मगर । देवघाट, पुस २८ माघे सक्रान्ति पर्वको अवसरमा देवघाट गाउँपालिका–२ खाल्टेमा बृहत सांस्कृतिक