निजामती सेवा दिवस बन्दिपुरमा विविध कार्यक्रम गरि मनाइने, आज मैत्रीपूर्ण फुटवल

Devghat Online

शेयर गरौ

बन्दिपुर, भदौ २०

निजामती सेवा दिवस-२०८० बन्दिपुर गाउँपालिकामा विविध कार्यक्रम गरि मनाईने भएको छ ।

दिवसको अवसरमा आज बुधबार बन्दिपुर टुडिखेलमा जनप्रतिनिधि र कर्मचारीहरु विच मैत्रीपूर्ण फुटवल तथा अन्य विविध खेलकुदका कार्यक्रम हुनेछ ।

२२ गते रक्तदान

यसैगरि निजामती सेवा दिवसको दिन भदौ २२ गते शुक्रबार बन्दिपुर गाउँपालिका परिसरमा बिहान ९ बजेदेखी रक्तदान कार्यक्रम हुने गाउँपालिकाले जनाएको छ ।

उक्त रक्तदानमा सरिक भई रक्तदान गर्न गाउँपालिकाबासीलाई अनुरोध गरिएको छ ।

सोही दिन बिहान ७ बजे बन्दिपुर बजारमा प्रभातफेरी गर्ने कार्यक्रम पनि रहेको गाउँपालिकाका प्रशासन शाखाका नासु भगवान त्रिपाठीले जानकारी दिए ।

दिवसको अवसरमा सोही दिन बृक्षारोपणको कार्यक्रम समेत आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो