बन्दिपुर, भदौ २०
निजामती सेवा दिवस-२०८० बन्दिपुर गाउँपालिकामा विविध कार्यक्रम गरि मनाईने भएको छ ।



दिवसको अवसरमा आज बुधबार बन्दिपुर टुडिखेलमा जनप्रतिनिधि र कर्मचारीहरु विच मैत्रीपूर्ण फुटवल तथा अन्य विविध खेलकुदका कार्यक्रम हुनेछ ।
२२ गते रक्तदान
यसैगरि निजामती सेवा दिवसको दिन भदौ २२ गते शुक्रबार बन्दिपुर गाउँपालिका परिसरमा बिहान ९ बजेदेखी रक्तदान कार्यक्रम हुने गाउँपालिकाले जनाएको छ ।
उक्त रक्तदानमा सरिक भई रक्तदान गर्न गाउँपालिकाबासीलाई अनुरोध गरिएको छ ।
सोही दिन बिहान ७ बजे बन्दिपुर बजारमा प्रभातफेरी गर्ने कार्यक्रम पनि रहेको गाउँपालिकाका प्रशासन शाखाका नासु भगवान त्रिपाठीले जानकारी दिए ।
दिवसको अवसरमा सोही दिन बृक्षारोपणको कार्यक्रम समेत आयोजना गरिएको छ ।