निजामती सेवा दिवस: बन्दिपुरमा मैत्रीपूर्ण फुटवल आयोजना

Devghat Online

शेयर गरौ

बन्दिपुर, भदौ १९

निजामती सेवा दिवस-२०८० को अवसरमा बन्दिपुर गाउँपालिकामा बुधबार आयोजित जनप्रतिनिधि र कर्मचारीहरु विचको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा जनप्रतिनिधिको टिम बिजयी भएको छ ।

बन्दिपुर टुडिखेलमा भएको उक्त प्रतियोगितामा जनप्रतिनिधिले ३ गोल र कर्मचारीको तर्फबाट २ गोल भएको थियो । बिजेता र उपबिजेता टिमलाई भदौ २२ गते निजामती सेवा दिवसको दिन मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको छ ।

उक्त प्रतियोगितामा जनप्रतिनिधिको नेतृत्व गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले गरेका थिए ।


निजामती सेवा दिवसको अवसरमा बन्दिपरमा विविध कार्यक्रम गरि मनाईने भएको छ । दिवसको अवसरमा बिहिवार विभिन्न खेलकुदका कार्यक्रम हुनेछन् भने निजामती सेवा दिवसको दिन बन्दिपुर गाउँपालिका परिसरमा बिहान ९ बजेदेखी रक्तदान कार्यक्रम हुने गाउँपालिकाले जनाएको छ ।

उक्त रक्तदानमा सरिक भई रक्तदान गर्न गाउँपालिकाबासीलाई अनुरोध गरिएको छ । सोही दिन बिहान ७ बजे बन्दिपुर बजारमा प्रभातफेरी गर्ने कार्यक्रम पनि रहेको गाउँपालिकाका प्रशासन शाखाका भगवान त्रिपाठीले जानकारी दिए । दिवसको अवसरमा सोही दिन बृक्षारोपणको कार्यक्रम समेत आयोजना गरिएको छ ।


प्रस्तावित संघिय निजामती सेवा ऐनको बिरुद्धमा देशभरका स्थानीय तहका कर्मचारीले विरोधका कार्यक्रम गरि निजामती सेवा दिवसको कार्यक्रम बहिष्कार गर्ने तयारी गरिरहँदा बन्दिपुरमा भने उल्लासपुर्णरुपमा ३ दिन यो दिवस मनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास