मोटरसाईकल दुर्घटना हुँदा महिलाको मृत्य

Devghat Online

शेयर गरौ

दमौली, भदौ २१

तनहुँमा विहिबार भएको मोटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–४ नरीकोट बस्ने ३३ बर्षिया कमला राना रहेकी छिन् । खैरेनिटारबाट भिमाद तर्फ जाँदै गरेको ग १६ प ५९६८ नम्बरको मोटरसाइकलमा सवार उनी उक्त म्याग्दे गाउँपालिका–५ थाङदीमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको हो ।

दुर्घटनामा घाईते भएककी उनको तत्काल उद्धार गरी उपचारको लागि जिपि कोईराला श्वास प्रश्वाश उपचार केन्द्र बेलचौतारामा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक भिमाद नगरपालिका–४ नरीकोटका २७ वर्षिय योगेश थापा र उक्त मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र सो घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले