दुलेगौंडा, भदौ २५
शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघ महिला उद्यमी समितिले आयोजना गरेको ३ दिने सौन्दर्य एवम् क्षमता विकास सम्बन्धी तालिम सम्पन्न भएको छ ।



वडा नम्बर ५ मस्जिद चोक परोपकार ब्यूटी पार्लरमा सम्पन्न कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष दिर्घ बहादुर थापाले महिला दिदी बहिनीहरुलाई सृजनशिल बनाउन सके घरमा आर्थिक अभाव नहुने बताए । उनले महिलाहरुलाई साना उद्योग र उत्पादनमा अघि बढ्न आग्रह गरे ।
नेपाल सौन्दर्य व्यवासायी संघ नेपालका उपाध्यक्ष तथा गण्डकी प्रदेश अध्यक्ष शर्मिला रानाभाटले प्रशिक्षण दिएकी थिइन् ।
समापन कार्यक्रममा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष बिमल रिमाल र महासचिव उपेन्द तिम्सिनाले सिकेको सिपलाई व्यवहारमा परिणत गर्न आग्रह गरेका थिए ।
महिला उद्यमी समिति सभापति देवी न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तुलसी श्रेष्ठ, वसन्ता श्रेष्ठ, कार्यक्रम संयोजक मनिषा विक लगायतले बालेका थिए । तालिममा ३४ जनाको सहभागिता रहेको थियो ।











