विभिन्न व्यक्ति र संस्थाले मनाए देवघाटको बृद्धाश्रममा कुशे औंशी

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २८

विहिबार कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन विभिन्न व्यक्ति तथा संस्थाले देवघाट स्थित वृद्धाश्रममा रहनुहुने वृद्ध बाआमालाई भोजन गराई मनाएका छन् ।

देवघाट क्षेत्र विकास समितिले सन्चालन गरेको देवघाट समाजकल्याण केन्द्र बृद्धाश्रममा कुशे औंशीको दिन लायन्स क्लब अफ चितवन सिटी, लायन्स क्लब अफ चितवन सिटी मर्सि, लायन्स क्लब अफ चितवन सर्सि राईज, लायन्स क्लब अफ चितवन ब्लु स्काईले बृद्धाश्रमका वृद्ध बाआमालाई न्यानो कपडा तथा खाद्यान्न प्रदान गरेका थिए ।

त्यसैगरि भरतपुर महानगरपालिका–११ का गंगा न्यौपाने भण्डारीले आफ्ना स्वर्गीय बुवा कुश बहादुर न्यौपाने स्मृतिमा भोजन प्रवन्ध गरेका थिए । त्यसैगरि खैरहनी नगरपालिका–८ निवासी बिनोद श्रेष्ठले आफ्ना स्वर्गीय पिता पुरनबहादुर श्रेष्ठ र स्व. आमा टीका कुमारी श्रेष्ठको स्मृतिमा भोजन प्रवन्ध गरेका थिए ।

यसैगरि गैडाकोट निवासी खगराज सापकोटा र लक्ष्मी देवी सापकोटाले समस्त पितृहरूको स्मृतिमा भोजन प्रवन्ध गरेका थिए । त्यस्तै भरतपुर चितवन निवासी ईश्वरा गौतम र जमुना गौतमले समस्त पितृको स्मृतिमा भोजन प्रवन्ध गरेका थिए । यस्तै भरतपुर महानगरपालिका–१६ निवासी लक्ष्मी तामाङले पनि समस्त पितृहरूको स्मृतिमा बृद्धाश्रममा रहेका बा आमालाई भोजनको प्रबन्ध गरेको बृद्धाश्रमले जनाएको छ ।

यस्तै भरतपुर महानगरपालिका–१२ निवासी टीका सापकोटाले समस्त पितृहरूको स्मृतिमा भोजन प्रवन्ध गरेका थिए भने भरतपुर महानगरपालिका–१८ निवासी सरिना घलेले स्वर्गीय पिता हितमान घलेको स्मृतिमा भोजन प्रवन्ध गरे भने काठमाडौं निवासी सुदिपजङ्ग थापाले स्वर्गीय बुवा चुडा बहादुर थापा र स्वर्गीय आमा ढककुमारी थापाको स्मृतिमा भोजन प्रवन्ध गरेका थिए । यस्तै राप्ती नपा–८ निवासी मोहन बहादुर उप्रेतीले सम्पूर्ण पितृहरूको स्मृतिमा भोजन प्रवन्ध गरेका थिए ।

यसैगरि भरतपुर महानगरपालिका–१२ निवासी अनिल भट्टराईले स्वर्गीय वुवा धनपति भट्टराईको तथा भरतपुर महानगरपालिका–१२ कै सुधा हमालले सम्पुर्ण पितृहरूको स्मृतिमा भोजन प्रवन्ध गरेको बृद्धाश्रमले जनाएको छ । बृद्धाश्रममा रहने सम्पूर्ण बुवाआमालाई यस विशेष दिनमा आफ्नोपन दिलाउने सम्पूर्ण सहयोगी मनहरूलाई वृद्धाश्रम व्यवस्थापन समितिले आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना