नारायणी नदी किनारमा बृहत् सरसफाई तथा बृक्षारोपण

Devghat Online

शेयर गरौ

भरतपुर, भदौ २९

भरतपुर महानगरपालिकाको बृहत सरसफाई तथा वृक्षरोपण कार्यक्रम अन्तर्गत शुक्रबार नारायणी नदी किनारमा सरसफाई तथा वृक्षरोपण गरिएको छ ।

पवित्र तिर्थ स्थल र महानगरको प्रमुख पर्यटकीय स्थलको रुपमा विकास भईरहेको किनारको सौन्दर्यकरण र सरसफाईको कार्यको महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले पिपलको रुख रोपेर गरे ।

सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले हरेक महिनाको पहिलो र तेस्रो शुक्रबार विहान टोल टोल, वडा वडा र नगरस्तरी सरसफाई निरन्तरता राखिने बताईन् ।
नारायणीको किनारमा पाम, समी, पिपल, बर लगायतका छिटो सर्ने विरुवा रोपिएको छ ।

प्रमुख दाहालले किनारमा ठुला पूर्वाधार निर्माण नगरिने स्पष्ट पार्नुभयो । उनले किनारलाई जति सक्दो हरियाली प्रर्वधन गरिने जानकारी दिईन् ।

सरसफाई कार्यक्रममा अभियान्ता, कलाकार, टोल सुधार, जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण