अधिवक्ता राना र जिल्ला न्यायाधीश ढुंगाना उच्च अदालतको न्यायाधीशमा सिफारिस

Devghat Online

शेयर गरौ

तनहुँ, भदौ २९

तनहुँका अधिवक्ता यज्ञबहादुर राना उच्च अदालतको न्यायाधीशको लागि सिफारिस भएका छन् ।
शुक्रबार बसेको न्यायपरिषदको बैठकले २७ जनालाई विभिन्न उच्च अदालतमा न्यायाधीशको लागि सिफारिस गरेकोमा कानुन व्यवसायीको तर्फबाट राना पनि सिफारिसमा परेका हुन् ।

न्यायपरिषदको बैठकले जिल्ला न्यायाधीश तथा न्यायपरिषदका कर्मचारी २२ जना र ५ जना कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

राना नेपाल बार एसोसिएसन तनहुँका पुर्व अध्यक्ष समेत हुन् । उनी २ दशकदेखी तनहुँमा कानुन व्यवसायमा संलग्न छन् ।

त्यसैगरि तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुंगाना पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । उनीहरूको संसदीय सुनुवाइ पछि न्यायाधीशमा नियुक्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको