विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाइने

Devghat Online

शेयर गरौ

दमौली, असोज १

तनहुँमा विभिन्न कार्यक्रम गरि संविधान दिवस भव्य रुपमा मनाईने भएको छ । संविधान दिवस मनाउने सन्दर्भमा सोमबार बसेको बैठकले जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको संयोजकत्वमा विभिन्न कार्यक्रम गरि असोज २, ३ र ४ गते संविधान दिवस मनाउने निर्णय गरेको हो ।

संविधान दिवसको अवसरमा जिल्ला स्थित सबै सरकारी कार्यालय, शैक्षिक संघ संस्था, सार्वजानिक निकायहरुले राष्ट्रिय झण्डा र व्यानरको सजावट र कार्यलय परिसरको सरसफाई गर्ने, जिल्ला भित्रका सबै धार्मिक स्थल तथा सम्पदाहरुको सम्बन्धित स्थानीय तहको संयोजनमा सरसफाई गर्ने, जिल्ला स्थित सबै सरकारी कार्यालय, शैक्षिक संघ संस्था, सार्वजानिक निकायहरुमा असोज २,३ र ४ गते साँझ दिपावली गर्ने र असोज ३ गते जिल्लाका सबै सर्वसाधरणले घर घरमा दिपावली गर्ने निर्णय भएको छ ।

जिल्ला स्थित छापा तथा विद्युतीय सन्चार माध्यममा संविधानको महत्वको सम्बन्धी लेख, रचनाहरु प्रकाशित गर्ने तथा जिल्ला स्थित धार्मिक संस्था तथा मठ मन्दिरमा विहानको प्रार्थनाको समयमा राष्ट्रियता, लोकतन्त्र र संविधानको पक्षमा ज्यानको उत्सर्ग गर्ने विर शहिदहरुको सम्झनामा श्रद्धान्जली अर्पण गर्ने तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको संयोजनमा नेपालको संविधान विषयमा जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ ।

त्यसैगरि असोज २ गते बिहान दमौली बजार सरसफाई गर्ने तथा असोज ३ गते बिहान ७.३० बजे सबै संघ संस्था, सरकारी निकाय, गैर सरकारी संघ संस्था, सुरक्षा निकाय, आमा समुह, जातिय संघ संस्था, युवा क्लव, राजनीतिक दल लगायत सबैको सहभागितामा दमौलीमा प्रभातफेरी आयोजना गर्ने निर्णय भएको छ । साथै प्रभातफेरी पश्चात व्यास नपा ३ को अस्पताल रोडमा बुधबारे हाटबजार उद्घाटन गर्ने र प्रवचन कार्यक्रम समेत गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ऋषिराम सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र