देवघाट सार्वजानिक पुस्तकालयलाई वडा अध्यक्ष कुवँरद्वारा १८ हजार सहयोग

Devghat Online

शेयर गरौ

देवघाट, असोज ११

देवघाट गाउँपालिका–५ देवघाटधाममा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालयलाई देवघाट गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष पूर्णबहादुर कुवँरले १८ हजार ५ सय ५ रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।

वडा अध्यक्ष कुँवरले आफ्नो मासिक पारिश्रमिक वापत प्राप्त हुने रकम मध्येबाट सो रकम विहिबार देवघाट सार्वजानिक पुस्तकालयलाई उपलब्ध गराएका हुन् । वडा अध्यक्ष कुँवरले हालसम्म आफ्नो मासिक पारिश्रामिक देवघाटका विभिन्न संघ संस्थालाई सहयोग स्वरुप उपलब्ध गराउँदै आएका छन् ।

पुस्तकालय निर्माणकोलागि वडा अध्यक्ष कुँवरले गर्नु भएको सहयोग र योगदानका लागि पुस्तकालय व्यवस्थापन समितिको तर्फबाट हार्दिक आभार एवं धन्ववाद व्यक्त गरिएको पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले बताए । निर्माणाधीन पुस्तकालयको पूर्णता र यसको समुचित प्रवन्धका निम्ति स्रोत व्यवस्थापनको समेत अध्यक्ष पौडेलले देवघाटबासीलाई अनुरोध समेत गरेका छन् ।

पुस्तकालय निर्माणका लागि विभिन्न संघ, संस्था तथा व्यक्तिले सहयोग गर्दै आएका छन् । १० हजार माथि सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा लेखिने अध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरका विभिन्न योजनामा बजेट माग्दै अध्यक्षको टोली मन्त्रालयमा

तनहुँ । चैत १३ बन्दीपुर गाउँपालिकाका विभिन्न योजनामा बजेट माग्दै गाउँपालिकाका अध्यक्षको टोली काठमाडौंका विभिन्न

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक