भानु नगरपालिकामा स्थानीय पाठ्यपुस्तक तयार

Devghat Online

शेयर गरौ

दमौली, असोज १४

भानु नगरपालिकाले आधारभूत तह कक्षा १–८ मा विगत २ वर्षदेखि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू शैक्षिक सत्र २०८० का लागि उक्त पाठ्यक्रम बमोजिम तयार गरिएको पाठ्यपुस्तक तयार गरी प्रयोगमा समेत ल्याएको छ ।

भानु नगर शिक्षा समितिबाट स्वीकृत उक्त पाठ्यपुस्तक आईतबार एक कार्यक्रमका बीच भानु नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती, नगर प्रवक्ता तथा सामाजिक विकास समितिका सदस्य ईश्वरबहादुर घिमिरे र नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले संयुक्तरूपमा विमोचन गरी विद्यालयलाई हस्तान्तरण गरे । पाठ्यपुस्तक वितरण कार्यक्रममा नगरपालिकाका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।

पाठ्यपुस्तक लेखनको जिम्मेवारी पाएको वन्यजन्तु संरक्षण संघ नेपालको प्राविधिक सहयोग तथा भानुका पेशागत संगठनका प्रतिनिधिहरू, प्रधानाध्यापकहरू तथा शिक्षकहरूको पटक–पटक भएको परामर्श बैठकबाट विभिन्न रचनात्मक सुझावहरू प्राप्त भएको नगर शिक्षा अधिकारी पौडेलले बताए । प्रविधिक सहयोग गर्ने संस्था, शिक्षा युवा तथा खेलकुद शाखा तथा भानुका जनप्रतिनिधिहरू र स्थानीय सरोकारवालाहरूबाट प्राप्त सुझाव एवं पृष्ठपोषणलाई समावेश गरी विषयवस्तुलाई अन्तिम रूप दिइएको पौडेलले बताए ।

स्थानीय पाठ्यपुस्तक हाल कक्षा १–५ का लागि वितरण गरिएको छ । बाँकी कक्षा ६–८ को पाठ्य सामग्री १ महिना भित्र तयार गर्ने जानकारी निर्माण पक्षले दिएको छ । आईतबार वितरण गरिएको पाठ्यपुस्तक आकर्षक डिजाइन र गुणस्तरमा निर्माण भएको छ । यसको विशेषतामा भानुको चिनारी दिने वाह्य कभर पृष्ठ, २५० ग्रामको कभर कागज, भित्री भागको कागज १८० ग्रामको, बुक साइजमा (९×७) तयार गरिएको, चार कलर र बालमैत्री बनाउने प्रयास गरिएको नगर शिक्षा अधिकारी पौडेलले बताए ।

यो पाठ्यपुस्तक वितरण गर्दा विद्यालयले भरेको शैक्षिक सत्र २०८० को विद्यार्थी संख्यालाई आधार मानी प्रत्येक कक्षाका लागि १–१ प्रति थप गरिएको छ । भानुका सामुदायिक विद्यालयले यो पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्नेछन् भने संस्थागत विद्यालयहरूले इलेक्ट्रोनिक कपि प्राप्त गर्नेछन् र आफ्नो अनुकुलतामा यसको गुणस्तर कमजोर नहुने गरी छपाई प्रयोग गर्न सक्ने पौडेलले जानकारी दिए ।

उक्त पाठ्यपुस्तक हाल परीक्षणका रूपमा लागु गरिएको र शैक्षिक सत्र २०८० को अन्तमा हाम्रो भानु अध्यापन गर्ने विषयगत शिक्षकहरूलाई आमन्त्रण गरि समीक्षा बैठक गर्ने तथा त्यसमा प्राप्त सुझावका आधारमा आगामी अंकमा परिमार्जित रूपमा प्रकाशन गरिने पौडेलले बताए । यसका लागि उक्त पाठ्यपुस्तकको राम्रोसँग अध्ययन गरि यसमा भएका राम्रा र सकारात्मक पक्षहरू तथा सुधार गर्नुपर्ने पक्षहरूका बारेमा रचनात्मक सुझाव दिन पनि पौडेलले सबै शिक्षक वर्ग र सम्पुर्ण सरोकारवालाहरुलाई अनुरोध गरेका छन् ।

उक्त पाठ्यपुस्तक आईतबारबाट भानु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाबाट वितरण भैरहेको र सबै विद्यालयले आ आफ्नो पाठ्यपुस्तक ‘हाम्रो भानु’ यथाशीघ्र बुझी लैजान र सोही अनुसार अध्यापन गराउन पौडेलले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजद्वारा निःशुल्क पानी र मही वितरण

देवघाट, साउन ७ देवघाटधाममा सुरु भएको बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजले निशुल्क पानी तथा

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, साउन ७ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न

गुरु पुर्णिमाको अवसरमा महेश सन्यास आश्रमद्वारा गुरुनिर्वाण महोत्सव आयोजना

देवघाट, साउन ६ गुरुपुर्णिमाको अवसरमा देवघाटमा रहेको महेश सन्यास आश्रमले ब्रह्मलीन सन्तशिरोमणि श्री १००८ डा.