देवघाटमा सामुदायिक मेलमिलाप सम्बन्धी तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, असोज १४

देवघाट गाउँपालिकाको आयोजनामा सामुदायिक मेलमिलाप सम्बन्धि ८ दिने तालिम आईतबार सम्पन्न भएको छ । गत असोज ७ गते बाट शुरु भएको उक्त तालिमको आईतबार समापन गरियो ।

देवघाट गाउँपालिका का उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक भुवन सिं गुरुङको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृित गौरी प्रसाद आचार्य, वडा नम्बर ५ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्ण बहादुर कुँवर, वडा न ४ का वडा अध्यक्ष मित्रलाल गुरुङ लगायतले मेलमिलाप सम्बन्धि तालिमको महत्वको बारेमा मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा वडा न ५ का वडा सदस्यहरु यम बहादुर मगर, कमला गुरुङ, बुद्धिबहादुर पाण्डे, गाउँपालिकाका प्रशासन प्रमुख गोविन्द प्रसाद पौडेल, योजना शाखा प्रमुख रामप्रसाद सापकोटा, गर्ग आश्रमका वरिष्ठ उपाध्यक्ष एकरत्न आचार्य, नेपाली काङ्ग्रेस देवघाट गाउँकमिटीका उप सभापति पुरुषोत्तम शर्मा पण्डित लगायतको सहभागिगता रहेको थियो ।

तालिममा अर्जुन प्रसाद घिमिरे र कमलादेवी विष्टले सहभागीलाई प्रशिक्षण दिएका थिए । तालिम समापन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक भुवन सिं गुरुङले सहभागी प्रशिक्षार्थीहरुलाई १२ बुँदे आचार संहिताको शपथ गराएका थिए ।

तालिम समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापाले सामुदायिक मेलमिलाप, सामाजिक विकास र द्वन्द्वको अन्त्यमा सहभागीहरु लाग्नु पर्ने बताए । अध्यक्ष थापाले साना तिना विवादका घटनाहरु अव मेलमिलापकर्ताले गाउँमा नै मिलाउनु पर्नेमा जोड दिए । सो कार्यक्रमको सहजीकरण देवघाट गाउँपालिकाका कार्यक्रम शाखा प्रमुख कृष्णराज पन्तले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण