दुलेगौडामा रास्वपाको सभा हुने, रवि र स्वर्णिमले सम्बोधन गर्ने

Devghat Online

शेयर गरौ

दमौली, असोज १७

राष्ट्रिय स्वतन्त्र पार्टीले यही असोज २२ गते दुलेगौंडामा क्षेत्रीय सभा गर्ने भएको छ । सो सभालाई रास्वपाका सभापति रवि लामिछाने र प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले सम्बोधन गर्ने छन् ।

कार्यक्रम बारे जानकारी दिन बुधबार शुक्लागण्डकी नपा–७ दोभानमा बुधबार आयोजित पत्रकार सम्मेलनमा रास्वपाका क्षेत्रीय संयोजक कृष्णप्रसाद रिजालले राष्ट्रिय स्वतन्त्र पार्टीको ‘पशुपति–मुक्तिनाथ यात्रा’ अन्तर्गत आगामी सोमबार दुलेगौंडाको बिपीचोकमा तनहुँ क्षेत्र नम्बर २ स्तरीय सभा आयोजना गरिएको बताए । रिजालका अनुसार दुलेगौंडाको बिपीचोकमा २२ गते बिहान ८ बजेदेखि ११ बजेसम्म सभा हुनेछ ।

सो पत्रकार सम्मेलनमा रास्वपाका जिल्ला संयोजक विकास सिग्देलले देशमा देखिएको अराजक गतिविधि विरूद्व जनतालाई जागरुक गराउन सभाको आयोजना गरिएको बताए । जिल्ला सह संयोजक सुर्यमणि पौडेलले मिसन ८४ सफल पार्ने उदेश्यका साथ ठाउँ ठाउँमा पार्टीका गतिविधिलाई तिव्रता दिईएको र सोहि अनुरूप दुलेगौंडामा पहिलो पटक पार्टीका सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक