खुल्यो डीभी, आजैदेखि दर्ता गर्न पाइने

Devghat Online

शेयर गरौ

काठमाडौं, असोज १७

सन् २०२५ को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता आजबाट खुला भएको छ ।  काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट डीभीको लागि आवेदन दिन सकिनेछ ।

डीभीको लागि आवेदन आगामी कात्तिक २१ गते राति १०ः४५ बजेसम्म दिन पाइने दूतावासद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।  “हामी डीभी आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दछौँ,” दूतावासले विज्ञप्तिमा भनेको छ ।

डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले स्पष्ट पारेको छ ।

दूतावासले भनेको छ, “अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ ।”

डीभीको लागि फारम अनलाइन भर्नुपर्नेछ । आवेदन दर्ता गर्दा आवेदकको पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य रहेको दूतावासले जनाएको छ ।

उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य हुने विज्ञप्तिमा उल्लेख छ ।  एक जनाले व्यक्तिले डीभीको लागि एउटा मात्र आवेदन दिन पाउनेछन् ।  एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् ।

अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिने दूतावासले जनाएको छ । फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु नहुने समेत दूतावासले बताएको छ ।

“अघिल्ला वर्षहरूमा अमेरिकी विदेश मन्त्रालयले आवेदकहरूलाई डीभी आवेदन भर्दाको समयमा आफ्नो वैध र म्याद बाँकी रहेको राहदानीमा भएको जानकारी उपलब्ध गराउन निर्देशित गर्दथ्यो । हाल आएर आफ्नो डीभी आवेदन भर्दाको समयमा आवेदकहरूसँग म्याद बाँकी भएको राहदानी हुनु अनिवार्य छैन,” दूतावासले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण