माल्टा पठाउने भन्दै ठगी गर्ने पक्राउ

Devghat Online

शेयर गरौ

काठमाडौं, असोज १८

माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। प्रहरीले तनहुँ जिल्ला व्यास न.पा. वडा नं. १२ घर भएका थानकोट बस्ने २९ वर्षीय रन्जन पाण्डेलाई पक्राउ गरेको हो ।

पाण्डेले ४ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भन्दै ठगी गरेका थिए। उनले माल्टा जानको लागि प्रतिव्यक्ती आठ लाख लाग्ने र गएपछि फुड डेलिभरीमा काम लगाईदिन्छु अनि एक लाख भन्दा माथि तलब हुने भन्दै प्रलोभनमा पारेका थिए। पीडितहरुबाट पटकपटक गरी छ लाख रुपैयाँ लिएर पाण्डे सम्पर्क विहीन भएपछी पिडितहरुले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए।

त्यसपछि काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पाण्डेलाई मंगलबार सामाखुशीबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक