राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, असोज २०

नेपाल निजामती कर्मचारी संगठनको संरक्षकत्वमा सञ्चालित राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लिमिटेड, तनहुँ, दमौलीको १५ औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

संस्थाका का.वा. अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष एवम् केन्द्रीय सहकारी विभागका प्रमुख रेवन्त गौतमको प्रमुख आतिथ्यता सम्पन्न सो कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य एवम् तनहुँ ईन्चार्ज विजय कुमार श्रेष्ठ, केन्द्रीय सदस्य एवम् के्द्रीय सहकारी विभाग सदस्य राममणि ढुंगाना, केन्द्रीय सदस्य केशवराज भट्टराई, नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेश कार्य समिति अध्यक्ष अशोक खनाल, नेपाल निजामती कर्मचारी संगठन तनहुँ जिल्ला अध्यक्ष रूद्र सिंह ठकुरी, नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय सदस्य सुनिल पाण्डे, राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लिमिटेड, तनहुँका स्थापनाकालीन अध्यक्ष एवम् नेकपा.एमाले जिल्ला कमिटी सदस्य रामजी लौडारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रमको सन्चालन संस्थाका कोषाध्यक्ष पुष्प खनालले गरेका थिए । सो कार्यक्रममा सहकारीका सन्चालक समितिका पदाधिकारी, सदस्य, शेयर सदस्यहरू तथा नेपाल निजामती कर्मचारी संगठनका संगठकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण