दानबिर दम्पतीलाई डुम्रेमा सम्मान

Devghat Online

शेयर गरौ

बन्दिपुर, असोज २०

दानबिर दम्पत्तीलाई शनिबार डुम्रेमा सम्मान गरिएको छ । डुम्रे साँस्कृतिक युवा परिवारले दानबिर दम्पत्ती हाल चितवन निवासी ध्रुवलाल पिया र उनकी धर्मपत्नी विष्णुदेवी पियाललाई सम्मान गरेको हो । डुम्रे सांस्कृतिक युवा परिवारको हाल भवन रहेको १२ आना हालको मूल्यांकनमा करिब २ करोड रुपैयाँ बराबरको जग्गा पिया दम्पत्तीले दान दिएका थिए ।
पिया दम्पतीले डुम्रे सांस्कृतिक युवा परिवार लगायत डुम्रे प्रहरी चौकी, गाउँ सेवा कोष र मन्दिरका लागि पनि जग्गा दान दिएका छन् । पिया दम्पत्तीले यी सबै गरि डुम्रेमा सामाजिक संघ–संस्थालाई गरि करिब ५ करोडको जग्गा दान दिएको बन्दिपुर गाउँ पालिका वडा नम्बर १ का अध्यक्ष शिव कुमार श्रेष्ठले जानकारी दिए ।

डुम्रे सांस्कृतिक युवा परिवारको शनिबार आयोजित २८ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशन कार्यक्रममा पिया दम्पत्तीलाई सम्मान गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले सामाजिक कामका लागि मन फुकाएर जग्गा दान दिएका पिया दम्पती प्रति आभार ब्यक्त गर्दै युवा परिवारले समाजमा खेलेको भूमिका प्रति प्रशंसा गरे ।

युवा परिवारका अध्यक्ष कैलास श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा दानबीर ध्रुवलाल पियाले आफूले दान दिएको संस्थाले प्रगति गरेको देख्न र सुन्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । सो कार्यक्रमा वडा अध्यक्ष शिवकुमार श्रेष्ठ, राष्ट्रिय भूमि आयोेग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी, वडा नं ४ का वडा सदस्य भिम घले, तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ, डुम्रे टोल बिकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठ, युवा परिवारका पूर्व अध्यक्ष शिवकाजी पिया लगाएतले डुम्रे साँस्कृतिक परिवारले कला–सँस्कृति, सचेतनामूलक कार्यक्रम, परोपकार कार्यक्रम, सरसफाइ अभियान, दुव्र्यसनी नियन्त्रण, खेलकूद गतिविधि लगायतका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

राष्ट्रिय सभामा सरकारले ल्याएको बजेटका प्रावधान संशोधन हुने भएपछि बैठक नै स्थगित, चार दलको आपत्ती

काठमाडौं, असार २७ सरकारको तर्फबाट राष्ट्रिय सभाको विहिबारको बैठक स्थगित गरिएको छ । ठूलो रकम