व्यासको कार्यपालिका बैठक, विभिन्न निर्णयहरु गरियो

Devghat Online

शेयर गरौ

दमौली, असोज २२

व्यास नगरपालिकाको नियमित कार्यपालिका बैठक सोमबार नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भयो । उक्त वैठकमा उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैठकले विभिन्न निर्णयहरु गरेको नगरपालिकाद्वारा बैठक पछि जारी गरिएको विज्ञप्तिमा जनाईएको छ । गत असोज ३ गतेदेखी सुरु गरिएको बुधबारे हाट बजारको समिक्षा गरि प्रत्येक बुधबार विहान देखी साँझ सम्म अनसन चौतारी नजिक दमौली सेन्टर पार्कको चौरमा व्यवस्थित गरि हाटबजार सञ्चालन गर्ने र उक्त दिन अन्य सडक, गल्ली, चोकमा बिक्रि वितरणमा प्रतिबन्ध गरि गाडी, ठेलागाडा समेतलाई निर्धारित चौरमै बिक्रि वितरण गर्ने व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ ।

व्यास नगरपालिका वडा नम्बर १० स्थित वैरेनी जग्गा विकास आयोजनाको दोस्रो चरणको पूर्वाधार निर्माणको काम आ.ब २०८१÷८२ भित्र सम्पन्न गर्ने गरी टेण्डर गर्न जग्गा विकास आयोजनालाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । नगरपालिका भित्र सञ्चालनमा रहेका ३ पांग्रे टेम्पु र ४ पांग्रे म्याजिकलाई नगरपालिकाको नियमानुसार २०८० कार्तिक मसान्त भित्र नविकरण वा नयाँ दर्ता गर्न समय दिने र उक्त समय भित्र नविकरण÷दर्ता गरेमा सञ्चालन अनुमति प्रमाणपत्र उपलब्ध गराउने तथा उक्त अवधि भित्र नविकरण÷दर्ता नगरेमा नगरपालिका भित्र सञ्चालन गर्न रोक लगाउने निर्णय भएको विज्ञप्तिमा जनाईएको छ ।

यस्तै व्यास नगरपालिका भित्र हालसम्म पनि डेङ्गुको असर नघटेको हुदाँ खोज र नष्ट गर अभियानलाई टोल विकास संस्था समेतको सहयोगमा निरन्तरता दिन वडा समितिलाई निर्देशन दिने र विश्व स्वास्थ्य संगठनको सिफारिसको डेङ्गु नियन्त्रण सम्बन्धी औषधि खरिद गरी डेङ्गु प्रभावित वडाहरुमा छर्न समेत स्वास्थ्य तथा जनसंख्या शाखालाई निर्देशन दिने निर्णय गरिएको छ ।

व्यास नगरपालिकाको नीति तथा कार्यक्रम र विनियोजित वजेट अनुसार दलित उत्थान कार्यक्रमलाई व्यवस्थित ढंङ्गले सञ्चालन गर्न नगर प्रमुखको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका कार्यपालिका सदस्यहरु, वडाका दलित सदस्यहरु सबै र राष्ट्रिय मान्यता प्राप्त राजनैतिक दलका एक÷एक जना नगरस्तरीय दलित प्रतिनिधि, नगरपालिकाका लेखा अधिकृत, शिक्षा तथा सामाजिक विकास शाखा प्रतिनिधि संलग्न दलित लक्षित कार्यक्रम सञ्चालन समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।

व्यास नगरपालिका वडा नम्बर ५ मानुङकोटमा खानेपानी व्यवस्थापनका लागि संघीय वजेटबाट टेण्डर प्रकृया पुरा गरी निर्माण व्यवसायीलाई कामको इजाजत दिइएकोमा, दर्ता भएको मुलमा केहि जग्गाधनिहरुबाट असहमति जनाएकाले सम्बन्धित पक्षहरुसँग सहमतिका लागि छलफल चलिरहेकोमा उक्त छलफललाई निष्कर्षमा पु¥याई योजना सञ्चालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित वडा र योजना शाखालाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

साथै व्यास नगरपालिका भित्र जोखिममा रहेका भुकम्प प्रभावितहरुका लागि पुर्नःलाभ सामुदायीक उत्थानसिल परियोजना दमौली, तनहुँको प्रगती प्रतिवेदन वैठकमा प्रस्तुत भई परियोजनाको समिक्षा पनि बैठकमा गरिएको थियो ।
संघीय सरकारको विनियोजित रकमबाट हाललाई प्रस्तावित वडाहरुमा प्रतिवडा तिन लाख रुपैयाँ भित्र खर्च हुनेगरी वडा नं ५, ६, ११, १२, १३ र १४ मा रोजगार सृजना सम्बन्धि कार्यक्रममा सूचिकृत श्रमिकहरुलाई काममा लगाउने गरी कार्यक्रम स्वीकृत गर्ने निर्णय गरिएको छ ।

साथै बैठकले नेपाल नगरपालिका संघको निर्णयानुसार गण्डकी प्रदेशमा व्यास नगरपालिका छनौट भई मिति २०८०÷०६÷२३ र २४ गते दिशा पिसाव जन्य सरसफाई सम्बन्धी गणकहरुको गणकहरुको छनौट र प्रशिक्षण कार्यमा सहयोग गर्ने बैठकले निर्णय गरेको विज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि