भानुमा बजार अनुगमन, म्याद सकिएको अखाद्य बस्तु भेटियो

Devghat Online

शेयर गरौ

डुम्रे, असोज २४

भानु नगरपालिकाको बजार क्षेत्रमा बुधबार अनुगमन गरिएको छ । नगरपालिकाको वडा नम्बर १ को डुम्रे–साजबोटे क्षेत्रमा चाडपर्व लक्षित अनुगमन गरिएको हो । नेपालीहरुको महान चाड दशैं, तिहार लगाएतका चाडपर्वमा बजारमा हुन सक्ने कालोबजारी, अखाद्य बस्तुको बिक्री वितरण, मापदण्ड विपरित दर्ता बिनाका ब्यवशाय, सरसफाईको अवस्था लगाएतका विषयमा अनुगमन गरिएको भानु नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक उमा गोतामेले जानकारी दिइन् ।

चाडपर्वको मौका छोपी हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्ने कार्य अन्तरगत बजार क्षेत्रहरुमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए । नगरपालिका अन्तरगतका मुख्य बजारहरु भन्सार, तुरतुरे, बाईसजाँगर, चन्द्रावती लगाएतका बजार क्षेत्रमा अनुगमन गरिने उनले बताए ।

अनुगमनका क्रममा किराना पसल, होटल, खाजाघर, माछामासु पसल लगायतको पसलहरुको अनुगमन गरिएको थियो । म्याद सकिएको अखाद्य बस्तु, व्यवसाय दर्ता नगरी सन्चालन गरेको, मूल्यसुची टाँस नगरिएको, सरसफाईको कमि लगायतको कैफियत देखिएको नगरपालिकाका बरिष्ठ अधिकृत सुनिल पाण्डेले बताए । पाण्डेले व्यवसाय दर्ता नगर्नेका लागि तत्काल व्यवसाय दर्ता गरी सन्चालन गर्न, मूल्यसुची उपभोक्ताले देखिने गरी राख्न, सरसफाईमा ध्यान दिन निर्देशन दिइएको बताए । भेटिएका अखाद्य बस्तुलाई जफत गरी नियन्त्रणमा लिई डिस्पोज गर्ने तयारी भैरहेको भन्दै त्यस्ता ब्यापारीलाई कारबाही गरिने पाण्डेले जानकारी दिए ।

अनुगमनमा उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक उमा गोतामे, वडा नम्बर १ की वडा अध्यक्ष कान्छीमाया तामाङ, बरिष्ठ अधिकृत सुनिल पाण्डे, ईलाका प्रहरी कार्यालय भानुका प्रमुख प्रहरी निरीक्षक शुसिल घिमिरे, नगरपालिकाको विभिन्न शाखाका कर्मचारीहरु, नगर प्रहरी प्रमुख फुर्का तामाङ, सन्चारकर्मी लगायतको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू