लेउ भएको पानी उत्पादन गर्ने उद्योग बन्द

Devghat Online

शेयर गरौ

दमौली, असोज २४

जिल्ला प्रशासन कार्यालयले लेउ मिसिएको मिनरल वाटर उत्पादन गर्ने आवुँखैरेनी गाउँपालिका–२ मा रहेको सुरज मिनरल वाटर उद्योग बन्द गर्न निर्देशन दिएको छ । उक्त उद्योगबाट उत्पादित छिम्केश्वरी ब्रान्डको मिनरल वाटरको बोतलमा लेउ भेटिएपछि मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँ र आवुँखैरेनी गाउँपालिकाको संयुक्त टोलीले उद्योगको अनुगमन गरेको थियो ।

उक्त उद्योगबाट उत्पादित पानीमा लेउ भेटिएको बारेमा गत सोमबार देवघाट अनलाइनमा समाचार प्रकाशित भएको थियो । गत आइतबार व्यास नपा–१४ केशवटारका केही युवाहरुले पिउन भनि किनेको पानीको आधा दर्जन बोतल भित्र लेउ भेटिएको थियो । गत सेप्टेम्बर महिनामा सिल प्याक गरिएको उक्त पानीको बोतलमा एक महिना भित्रैमा प्रसस्त लेउ भेटिएको थियो । लेउ भेटिएपछि सबै पानीका बोतल जिल्ला प्रशासन कार्यालयमा ल्याएर बुझाइएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँ र आवुँखैरेनी गाउँपालिकाको मंगलबार गरेको अनुगमनको क्रममा खाद्य ऐन, २०२३ बमोजिमको प्रशोधित पिउने पानी उत्पादन सम्बन्धि निर्देशिका, २०७४ बमोजिम विभिन्न मापदण्डहरु पालना नगरेको देखिएको भनि खाद्य निरिक्षक प्रशान्त पोख्रेलको प्रतिबेदन पछि प्रशासनले उक्त उद्योग बन्द गराएको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले बताए ।

तोकिएको मापदण्डहरु पुरा नगरेसम्म उद्योगको उत्पादनमा रोक लगाईएको सहायक प्रजिअ गैह्रेले बताए । प्रशासनले उक्त उद्योग बन्द भए नभएको बारेमा निरिक्षण गर्न इलाका प्रहरी कार्यालय आवुँखैरेनीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ५ देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल

आबुँखैरेनीका विभिन्न योजनाको लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ । बैशाख ५ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी आगामी

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले