जनताको आवाजलाई सम्बोधन गरेकोमा सांसद श्रेष्ठले दिए सरकारलाई धन्यवाद

Devghat Online

शेयर गरौ

दमौली, असोज २४

इजरायलमा जोखिममा रहेका नेपालीहरुलाई उद्धार गर्ने तयारी प्रति प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले सरकारलाई धन्यवाद दिएका छन् । सांसद श्रेष्ठले सामाजिक सन्जाल फेसबुक मार्फत जनताको आवाज सम्बोधन गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन् ।

गत असोज २२ गतेको प्रतिनिधि सभा बैठकमा सांसद श्रेष्ठले इजरायलमा अलपत्र परेका नेपालीहरुको उद्धार गरी नेपाल ल्याउनका लागि सरकारले परराष्ट्रमन्त्रीलाई पठाउनुपर्ने माग गरेका थिए । सांसद श्रेष्ठको माग अनुसार बुधबारको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री एनपी साउदलाई इजरायल पठाउने निर्णय गरेको थियो ।

‘त्यो मेरो मात्र माग थिएन, सम्पूर्ण नेपाली जनता अनि इजरायलमा अलपत्र परेका नेपालीहरुको आवाज थियो ।’ सांसद श्रेष्ठले भने ‘सरकार चाहिने भनेकै जनतालाई दुःख अनि अप्ठेरो परेको बेलामा हो ।’ साथै, उक्त हमलामा परि ज्यान गुमाएका १० जना नेपालीहरुको शवलाई पनि प्रक्रिया पुर्याएर छिटोभन्दा छिटो नेपाल ल्याउने व्यवस्था मिलाउन श्रेष्ठले सरकारसँग माग गरेका छन् ।

साथै, मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ दिने सरकारको निर्णय स्वागत योग्य भएको भन्दै छिटोभन्दा छिटो मृतकका परिवारको हातमा उक्त रकम पुर्याउनका लागि सांसद श्रेष्ठले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङको बजेट ५० करोड

तनहुँ । असार १० यसैगरि घिरिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५० करोड रहेको छ

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको