अन्जान परियार
घिरिङ, असोज २५
घिरिङ गाउँपालिकामा अपराध न्यूनीकरण सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रसासन कार्यालय तनहुँको सवै स्थानीय तहमा चेतना मूलक कार्यक्रम गरिने अभियान अन्तर्गत बिहिबार घिरिङ गाउँपालिकामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।



सो कार्यक्रममा घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा, उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेल लागायत जनप्रतिनिधि, स्थानिय राजनितिक दलका प्रतिनिधि, समाजसेवी बुद्धिजीवी पत्रकारहरुको सहभागिता रहेको सो कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलचौतारा प्रमुख प्रहरी निरिक्षक गणेश सुबेदीले सहजिकरण गरेका थिए ।
सो क्रममा प्रहरी निरिक्षक सुबेदीले अपराध हुनै नदिन स्थानीय तहको भुमिका, बिद्यालयको भुमिका, सामाजिक अगुवाहरुको सकारात्मक भुमिका महत्वपूर्ण रहेको बताए ।
घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापाले प्रहरीसँग समन्वय गरेर पालिका भित्रका अप्रिय घटना तथा अपराध हुनबाट सचेत रहने प्रतिबद्धता दिएका छन् । साथै नजिकिदै गरेको दशैँ तिहार जस्ता चार्डपर्वको बेला बजार अनुगमन अभियान चलाइएको अध्यक्ष थापाले बताए ।
कार्यक्रममा जनप्रतिनिधी र सहभागीहरुबाट धेरै सुझाबहरु आएका थिए, घिरिङमा महिला प्रहरीको आवश्यकता, घटनास्थलमा प्रहरीको ढिलो उपस्थिति हुने भएकोले सवारीसाधनको ब्यवस्था गर्नु पर्ने र वडा नम्बर ५ को देउरालीमा प्रहरी बिट स्थापनाको आवस्यकता रहेको सुझाब दिएका थिए ।