देवघाटको मधुवन र कालिका सामुदायिक वन समुहको साधारण सभा सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, असोज २६

देवघाट गाउँपालिका–५ मा रहेको मधुवन सामुदायिक वन उपभोक्ता समुह र कालिका सामुदायिक वन उपभोक्ता समुहको बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

मधुवनको २६ औं वार्षिक साधारण सभा प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपाने, सव डिभिजन वन कार्यालय प्रमुख कृष्णप्रसाद भट्ट, अतिथि देवघाट गाउँपालिका वडा नम्बर ५ सदस्य यामबहादुर मगर र कमला गुरूङ, समाजसेवी कुलचन्द्र न्यौपाने, कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सुरेन्द्रप्रसाद श्रेष्ठ, रानी सामुदायिक वनका अध्यक्ष सन्तबहादुर मगर लगाएतले मन्तव्य राखेका थिए ।

मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियोे ।

यस्तै कालिका सामुदायिक वन उपभोक्ता समुहको २५ औं वार्षिक साधारणसभा शुक्रबार नै सम्पन्न भएको छ ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुँवर, सव–डिभिजन वन कार्यालय प्रमुख कृष्णप्रसाद भट्ट, वन समुहका पुर्ब अध्यक्ष भोजराज नैनावस्ती, चक्रबती सामुदायिक बनका सदस्य टीका राना, सीता सामुदायिक वन समुहका लेखापाल एलिजा अधिकारी क्षेत्री तथा वन समुहका उपभोक्ता सदस्यहरुको सहभागिता रहेको थियो ।

वन समुहका अध्यक्ष कृष्णराज न्यौपानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सन्चालन वन समुहका सचिव निष्मा थापाले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले दियो ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ मा बिदा

तनहुँ । जेठ १४ म्याग्दे गाउँपालिकाले ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ का अवसरमा

रास्वपाका सांसद न्यौपानेको प्रधानमन्त्रीलाई खुल्लापत्रः ‘मदिरा–दलाली गठबन्धन तोड्नुस्, देश बचाउनुस्’

तनहुँ । जेठ १३ तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ई.श्रीराम