प्रहरी दिवसमा स्वास्थ्य शिबिर सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, असोज २७

६८ औं प्रहरी दिवस २०८० को अवसरमा शनिबार व्यास नगरपालिका–११ दराई पधेंरा स्थित जनकल्याण आधारभुत बिद्यालयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयोजन, गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको आयोजना र जिल्ला प्रहरी कार्यालय तनहुँको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरियो ।

सो कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपाने, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआईजी बुद्धिराज गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरे, प्रदेश कार्यालय पोखराका एसपी केदार खनाल, गण्डकी प्रदेश प्रहरी गण पोखराका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारी, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एपी अबदेश बिष्ट क्षेत्री, गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराका प्राबिधिक प्रहरी नायव उपरीक्षक डा. राम प्रसाद शर्मा समेतको मेडिकल टिम, व्यास नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष दलबहादुर दुरा लगायतको उपस्थिति रहेको थियो ।

सो शिविरमा व्यास नपाका प्रमुख न्यौपानेले ९२ बर्षिय पञ्चमाया दराईलाई बिरामी जाँचकार्ड हस्तान्तरण गरी शिविरको शुभारम्भ गरेका थिए । शिविरमा हाडजोर्नी तथा नशा रोग, महिलाहरुमा हुने महिला तथा प्रसुती रोग सम्बन्धी स्वास्थ्य उपचारमा ११८ पुरुष जना र १६० महिला गरि २७८ जनाले सेवा पाएका थिए । उक्त कार्यक्रममा घरेलु हिंसा र आत्महत्या सम्बन्धी लघु सचेतना कार्यक्रम समेत सन्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक