विश्व ॐकार तथा हिन्दु महामिलन पर्व हुने

Devghat Online

शेयर गरौ

दमौली, असोज २७

तनहुँको दमौलीमा आठौं विश्व ॐकार तथा हिन्दु महामिलन पर्व हुने भएको छ । वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिको आयोजनामा दमौली स्थित व्यास गुफा परिसरमा कार्तिक महिनाभर ॐकार तथा हिन्दु महामिलन पर्व हुने भएको हो । हरेक बर्ष कात्तिक महिनाभर हुँदै आएको कार्यक्रमले यस वर्षपनि निरन्तरता पाउने भएको हो ।

कार्यक्रमको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै व्यासका अध्येता काशीनाथ न्यौपानेले २०७३ सालबाट सुरु भएको यस कार्यक्रम यस वर्ष पनि आयोजना हुने बताए । उक्त कार्यक्रमको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृत विज्ञ डा. भक्त राइले १०८ दिप प्रज्वलन गरि उद्घाटन गर्ने छन् ।

व्यास गुफाका संरक्षक दामोदर बाबाले वेदले मानव जातीलाई रक्षा गरेको हुनाले वेदको रक्षा गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा व्यास नपाका प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठले व्यास परासर क्षेत्र धार्मिक क्षेत्र भएकोले यसलाई महत्वपूर्ण स्थलको रूपमा बिकास गर्नुपर्ने बताए ।

कात्तिक १ गते बिहान १०.३० बजे बाजागाजा, सहितको ¥यालीले बजार परिक्रमा गरि कार्यक्रम स्थल व्यास गुफामा कार्यक्रम सुरु हुने छ । कार्यक्रम अन्तर्गत कार्तिक १६ गते संस्कृतविद डा. जगमान गुरुङले सम्बोधन गर्ने छन् । कात्तिक २४ गते भागवत ज्ञान महायज्ञको समापन देवघाटधाम स्थित महेश सन्यास आश्रमकाा स्वामी १००८ रमणानन्द गिरीजी महाराजले गर्ने कार्यक्रम तय भएको छ । यस्तै कात्तिक ३० गते हुने महामिलन पर्वको समापन काशी भारतका अनन्त विभुषित स्वामी पराषरजी महाराजले गर्ने कार्यक्रम रहेको छ ।

वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिका उपाध्यक्ष दुर्गाभक्त अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा वेद अनुयायी प्रतिस्ठान नेपालका केन्द्रीय समितिका संरक्षक गोविन्द बाबा, ऋषिराम ढुंगाना लगायतले कार्यक्रमको महत्वको बारेमा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक