तनहुँमा डेंगु संक्रमितको संख्या ५४१७ पुग्यो, व्यासमा मात्रै ४५९४ जना

Devghat Online

शेयर गरौ

दमौली, असोज २८

तनहुँ जिल्लामा शनिबारसम्म ५४१७ जना डेंगु संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय तनहुँका अनुसार सबैभन्दा धेरै व्यास नगरपालिकामा ४५९४ जना डेंगुका विरामी रहेका छन् ।

त्यसपछि शुक्लागन्डकी नपामा २७८ जना, भिमादमा १५३ जना, ऋषिङमा १४४ जना, म्याग्देमा ७८ जना डेंगुका विरामी रहेका छन् । त्यस्तै भानु नगरपालिकामा ७३ जना, आवुँखैरेनीमा ३९ जना, बन्दिपुरमा ३५ जना, देवघाटमा ९ जना र घिरिङमा ८ जना डेंगुका विरामी रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । संक्रमित मध्ये ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष रहेका छन् ।

कुल संक्रमितको ८५ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारीले बताए । व्यास नगरपालिकामा सबैभन्दा धेरै वडा नम्बर २ मा १२३८ जना रहेका छन् । त्यसैगरि वडा नम्बर १ मा ११६१ जना, वडा नम्बर ४ मा ७८० जना, वडा नम्बर ३ मा ५१७, जना, वडा नम्बर ५ मा २०९ जना, वडा नम्बर १० मा १५१ जना रहेका छन् ।

त्यसैगरि वडा नम्बर ११ मा १२९ जना, वडा नम्बर ६ मा ६९ जना, वडा नम्बर १३ मा ६९ जना, वडा नम्बर ७ मा ६० जना, वडा नम्बर १२ मा ५६ जना, वडा नम्बर ९ मा ५० जना, वडा नम्बर १४ मा ३२ जना र वडा नम्बर ८ मा १४ जना डेंगुका विरामी रहेका छन् ।

तनहुँमा हालसम्म डेंगुबाट ४ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सबै व्यास नगरपालिकाका रहेका छन् । यसैगरि तनहुँमा पछिल्लो समय डेंगु सँगसँगै स्क्रव टाईफसका विरामीपनि देखिन थालेका छन् । स्क्रव टाईफसबाट हालसम्म १८ जना संक्रमित भईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्क्रव टाईफसका विरामी व्यास नपामा १५, ऋषिङमा २ र म्याग्देमा १ जना रहेका छन् ।

फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम रहने स्वास्थ्यकर्मीको भनाई छ । खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा लामखुट्टेले फुल पार्छ । त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन् ।

चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ । त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक