देवघाटमा कृषि हाटबजार पुनः सन्चालन

Devghat Online

शेयर गरौ

देवघाट, असोज २८

देवघाट गाउँपालिकामा कृषि हाटबजार पुनः सन्चालन भएको छ । वडा नम्बर ५ को नयाँबस्तीमा रहेको हाटबजार केन्द्रमा आइतबार घटस्थापनाको दिनबाट हाटबजार पुनः सन्चालनमा आएको हो ।
हाटबजारको देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर लगायत वडा सदस्यहरु कमला गुरूङ र याम बहादुर मगरले अनुमगन गरेका थिए ।

यसअघि तिन वर्ष अघि सन्चालन गरिएको हाटबजार कोभिडको कारण बन्द गरिएको थियो । गाउँपालिकाका कृषकहरुले उत्पादन गरेको कृषि उपजहरु विक्री गर्ने उद्देश्यले गन्डकी प्रदेश सरकारको सहयोगमा देवघाट गाउँपालिकाले उक्त हाटबजार केन्द्रको निर्माण गरेको थियो ।

हाटबजार पुनः सन्चालन भएको पहिलो दिन कृषकहरुले बोडी, मास, कुचो लगाएत वस्तुहरू विक्रीको लागि ल्याएका थिए । उक्त हाटबजार अवदेखी प्रत्येक शुक्रबार सन्चालन हुने हाटबजार व्यवस्थापन समितिकी अध्यक्ष दिलमाया सापकोटाले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो