देवघाट अनलाइन र देवघाट सन्देशको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, असोज २९

बडादशैं तथा शुभ दिपावलीको अवसरमा देवघाट अनलाइन तथा देवघाट सन्देश साप्ताहिक पत्रिकाको आयोजनामा सोमबार देवघाटमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले स्थानीय सन्चार माध्यमहरुले गाउँ गाउँमा लुकेर बसेका समाचारहरुलाई खोजी गर्न जनता समक्ष ल्याउनु पर्ने बताए । देवघाटमा सन्चार माध्यमको विकास हुनु ज्यादै सुखद भएको भन्दै अध्यक्ष थापाले गाउँपालिकाले पनि स्थानीय सन्चार माध्यमको विकासमा कुनै कसर बाँकी नराख्ने बताए ।

अध्यक्ष थापाले देवघाट गाउँपालिका का ५ वटै वडाहरुका कृषक, उपभोक्ता समुह तथा व्यवसायि हरुको बीचमा पुगेर उनीहरुको समस्या र भावनालाई समेटेर खोजमूलक सत्य तथ्य सूचना सम्प्रेषण गर्ने र स्थानीय पालिकालाई पनि आलोचनात्मक सुझाव दिनु पर्ने बताए ।

देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले सन्चार माध्यमले सत्य, तथ्य र निश्पक्ष भएर कलम चलाउनु पर्ने बताए । उनले देवघाट गाउँपालिकामा सिमित श्रोत र साधन भएको हुँदा सन्चार माध्यमहरुले अपेक्षा गरे अनुरुप सहयोग दिन नसकेपनि गच्छे अनुसारको सहयोग गर्ने बताए ।

नेकपा एमालेका अध्यक्ष केशवचन्द्र न्यौपानेले जनतालाई सुसुचित गर्न सन्चार माध्यमको ठुलो भुमिका रहने हुँदा देवघाट अनलाइनले पनि देवघाटका जनतालाई सुचित गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । उनले सन्चार माध्यमले स्थानीय सरकारका कमी कमजोरी पनि औंल्याउनु पर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवहाक अध्यक्ष गोविन्दप्रसाद न्यौपानेले देशको आर्थिक संकट तथा राजनीतिक अराजकताको बारेमा पनि सन्चार माध्यमहरुले कलम चलाउनु पर्ने बताए ।

वडा नम्बर ५ का पुर्व वडा अध्यक्ष यालबहादुर गुरुङ, उद्योग वाणिज्य संघ देवघाटका अध्यक्ष रोशन श्रेष्ठ, कालिका सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष कृष्णराज न्यौपानेले पनि सन्चार माध्यमको भुमिका महत्वपुर्ण हुने हुँदा राज्यको चौंथो अंगको रुपमा आफ्नो भुमिकालाई निश्पक्षरुपमा निर्वाह गर्नु पर्ने बताए ।

देवघाट अनलाइन तथा देवघाट सन्देश साप्ताहिकका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले देवघाटमा विगत ६ बर्षदेखी देवघाट सन्देश साप्ताहिक सन्चालन भईआएको र विगत केहि महिना यता देवघाट गाँउपालिकामा कार्यालय स्थापना गरेर देवघाट अनलाइन पनि सन्चालन गरिएको जानकारी गराउँदै देवघाट अनलाईन र देवघाट सन्देश साप्ताहिक मार्फत देवघाट गाउँपालिका भित्रका समाचार, सुचना र गतिविधिलाई आमजनसमुदायका बिच पु¥याउने र देवघाट गाउँपालिकासँग समन्वय र सहकार्य गर्ने बताए ।

देवघाट अनलाइन तथा देवघाट सन्देश साप्ताहिकका अध्यक्ष भट्टराईको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रममा देवघाट गाउँपालिका कार्यालयका कार्यक्रम संयोजक कृष्णराज पन्त, थानीय सन्चार माध्यमहरु सामुदायिक रेडियो देवघाटका प्रतिनिधि गोपाल चन्द्र न्यौपाने, बिहानी मिडियाकी प्रतिनिधि करिष्मा गुरुङ, देवघाट सन्देश साप्ताहिककी सम्पादक गोमा न्यौपाने तथा देवघाट अनलाइनका व्यवस्थापक विष्णु पाण्डे, डायनामिक मिडियाका प्रतिनिधि शंकर सापकोटा लगायतले पनि बडादशैं र तिहारको अवसरमा शुभकामना दिएका थिए । सो कार्यक्रमको सन्चालन देवघाट अनलाइनका संवाददाता विष्णु मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजद्वारा निःशुल्क पानी र मही वितरण

देवघाट, साउन ७ देवघाटधाममा सुरु भएको बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजले निशुल्क पानी तथा

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, साउन ७ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न