देवघाट, कार्तिक २
देवघाट गाउँपालिका–२ अन्तर्गत पर्ने कछारको भिरको गोरेटो खुलाईएको छ । गत बर्षायाममा पहिरोले थुनिएको उक्त गोरेटो दशैंको मुखमा स्थानीय बासिन्दाले खुलाएका हुन् ।




देबघाट गाउँपालिका वडा नम्बर २ को घन्टाचुली टोल बिकास संस्था भित्र पर्ने दुर्गम (कछार) क्षेत्रको गोरेटो विहिबार बिहान नरम टोल बिकास सस्था र घन्टाचुली टोल बिकास सस्थाको संयुक्त प्रयासमा उक्त पैदलमार्ग खोल्न सफल भएको स्थानीय बासिन्दा हिराबहादुर थापाले बताए ।

पहिरोले उक्त गोरेटो बन्द हुँदा त्यस क्षेत्रका वासिन्दाहरु दैनिक उपभोगका सामाग्री किनमेल गर्न जान पनि नसक्ने अवस्था थियो । त्यस क्षेत्रका नागरिक यही गोरेटो बाटो भएर हिडनु पर्ने तर यो पहिरोको कारण गोरेटो बन्द हुँदा नागरिकहरु सबै सुबिधाबाट बन्चित भइरहेकै थापाले बताए ।

स्थानीय सरकारको सहयोगमा सबै गाउँलेहरुले बल्लतल्ल उक्त गोरेटो खुलाईएको थापाले बताए ।












