देवघाटका कृषकलाई बिउको लागि कुहिएको आलु

Devghat Online

शेयर गरौ

 देवघाट, कार्तिक ५

देवघाटका कृषकलाई बिउको लागि भन्दै कुहिएको आलु बितरण गरिएको भेटिएको छ ।

देवघाट गाउँपालिकाले वडा नम्बर ५ को सुर्योदय कृषि सहकारी संस्था मार्फत अनुदानमा वितरण गरेको आलुको बीउ कुहिएको भेटिएको हो ।

देवघाटलाई आलुमा आत्मनिर्भर बनाउनका लागि भन्दै गाउँ पालिकाले अनुदानमा आलुको बिउ उपलब्ध गराएको थियो । गाउँ पालिकाको कृषि शाखा मार्फत खरिद गरि उक्त बिउ सहकारीलाई उपलब्ध गराएको थियोे ।

देवघाटका कृषक तथा सुर्योदय कृषि सहकारीका संस्थापक माधव न्यौपानेले के देवघाटका जनताले आज सम्म आलुको विऊ कस्तो हुन्छ देखेका छैनन् झै लाग्छ भन्दै गाउँपालिका कृषि शाखाका प्रमुखलाई प्रश्न गरेका छन् ।

देवघाटका जनता सोझा छन् जे गरे पनि हुन्छ भन्ने ठानेर यस्तो काम गरिएको भन्दै उनले गाउँपालिकाले वितरण गरेपछि फिॅजाएर राख्दा विऊ आलु कुहिॅदै जाने हो कि टुसा हाल्दै जाने हो ? भन्ने प्रश्न गरेका छन् ।

यस विषयमा देवघाटका जनप्रतिनिधिले अनुगमन गरि सत्यतथ्य कुराहरु कृषकलाई जानकारी दिनुपर्ने न्यौपानेले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अमेरिकामा १३२ वर्षपछि इतिहास दोहो¥याउँदै डोनाल्ड ट्रम्पको सानदार जीत

कार्तिक २१ अमेरिकामा १३२ वर्षपछि इतिहास उल्ट्याउँदै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एक कार्यकालको ग्यापमा फेरि

व्यास जन्मभुमीको प्रचारकोलागि दमौलीमा हिन्दु महामिलन पर्व एवं ज्ञान महायज्ञ आयोजना

दमौली, कार्तिक २१ व्यास जन्मभुमि दमौली स्थित व्यास अन्न क्षेत्रमा हिन्दु महामिलन पर्व एवं ज्ञान