यात्रुसँग बढि भाडा लिने माईक्रोका चालक र सहचालकलाई कारवाही

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक ९

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले यात्रुसँग बढि भाडा लिने माईक्रोवसका चालक र सहचालकलाई कारवाही गरेको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौं जाँदै गरेको बा ३ ख ६१६५ नम्बरको माईक्रो बसका चालक र सहचालकले प्रत्येक यात्रुबाट तोकिएको भाडा भन्दा २३५ रुपैयाँ बढि असुल गरेका थिए ।

माईक्रोमा पोखरा-काठमाडौंको भाडा प्रति यात्रु ७६५ रुपैयाँ तोकिएकोमा उक्त माईक्रोका चालक र सहचालकले प्रत्येक यात्रुसँग १ हजार भाडा लिएका थिए ।

यसबारेमा पीडित यात्रुले जिल्ला प्रहरी कार्यालय अगाडिको सडकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान सुदिप ढकाललाई जानकारी गराएपछि उक्त माईक्रोका चालक र सहचालकलाई कारवाही स्वरुप हरेक यात्रुबाट असुल गरिएको तोकिएको भाडा भन्दा बढिको रकम २३५ रुपैयाँ सम्बन्धित यात्रुलाई नै फिर्ता गराईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले जानकारी दिए ।

पछिल्लो समय तनहुँ ट्राफिकले सवारी नियम उल्लंघन गर्ने सवारी चालक र सहचालकलाई कारवाही गर्ने अभियानलाई तिब्रता दिएको छ ।

कुनै पनि सवारीसाधन र चालकले सवारी नियम उल्लंघन गरेको भेटिए जुनसुकै माध्यमबाट ट्राफिक प्रहरीलाई जानकारी दिएमा उक्त सवारीसाधनको धनी, चालक र सहचालकलाई नियमअनुसारको कारवाही गरिने ट्राफिक प्रमुख प्रहरी बरिस्ठ नायव निरिक्षक विष्टले बताए । चाडपर्वको समयमा सार्वजनिक सवारीसाधनमा यात्रुहरु ठगिने क्रम बढ्ने हुदा यस्तो बेलामा ट्राफिक प्रहरी थप सचेत भएको विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र