बन्दीपुरमा पर्यटकको चहलपहल बढ्यो

Devghat Online

शेयर गरौ

बन्दिपुर, कार्तिक १०

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दशैं लगत्तै पर्यटकहरुको आगमनपछि ब्यबसायीहरु खुसी भएका छन् ।

सिद्ध गुफा, बन्दीपुर टुंडिखेल, थानी माई मन्दिरलगायत यहाँ हाइकिङका लागि पनि पर्यटकको रोजाइमा पर्छ बन्दीपुर । यहाँ घुम्न आउने पर्यटकले प्राकृतिक छटाको अनुपम दृष्यावलोकन गर्ने मौका पाउँछन् ।

गाउँपालिकाकाले स्वदेशी तथा विदेशी पर्यटकलाई पनि सहज होस् भनेर गाउँपालिका भित्र रहेका मुख्य पर्यटकिय गन्तब्यहरुलाइ समेटेर पर्यटन बृत्तचित्र र विभिन्न भाषामा १७ पर्यटकीय गन्तव्यको सूचना पनि तयार गरेर प्रकाशन प्रसारण गरिरहको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गर्दछन् । पृथ्वीराजमार्गा अन्र्तगत तनहुँको डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमश्रृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

बन्दीपुरमा होटल संघसँग आवद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा माउण्टेन रिर्सोट, द रेड हाउस, होटल दरबार हिमालय गाउँघर, बोल्डईन, बन्दीपुर इको लगायत होटल सञ्चालन छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतकास्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

यसैविच बन्दीपुर घुम्न आएका पर्यटक मौलिक चुड्कामा छमछमी नाचेका छन् । बन्दीपुर घुम्न आएका विदेशी पर्यटकलाई यहाँका होटल व्यवसायीले शुक्रबार राति चुड्कामा नाच्ने व्यवस्था मिलाएका हुन् ।

स्थानीय युवायुवतीले गाएको गीतमा पर्यटक छमछमी नाचेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए । बन्दीपुर आएका विदेशी पर्यटकलाई यहाँको संस्कृति, रीतिरिवाजबारे जानकारी दिन चुड्का गीतमा नचाएको उनले बताए । करिब ५० को संख्यामा फ्रान्सेली पर्यटक बन्दीपुर आइपुगेका छन् । उनीहरुलाई मौलिक भेषभूषामा सजाएर नचाइएको थियो ।

बन्दीपुरमा यतिबेला विदेशी तथा स्वदेशी पर्यटकको चहलपहल बाक्लिएको छ । चिसो मौसम बन्दीपुरका लागि पर्यटनमा राम्रो मानिन्छ । यतिबेला बन्दीपुरमा चिनियाँ पर्यटक भित्रिने क्रम बढेको छ ।
यो वर्षको वैशाखदेखि यता बन्दीपुरमा करिब चार हजार विदेशी पर्यटक आएका छन् । पर्यटन विकासको समितिको तथ्याङ्कअनुसार सबैभन्दा बढी चीनका पर्यटक छन् । बन्दीपुरमा २६ देशबाट पर्यटक आएका छन् ।

बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको तथ्यांक छ ।

वैशाखदेखि भदौसम्म बन्दीपुर आउने चिनियाँ पर्यटक एक हजार छ सय २२ छन् । वैशाखमा २२, जेठमा ३२, असारमा ९६, साउनमा छ सय ३० र भदौमा आठ सय ४२ चिनियाँ पर्यटक बन्दीपुर भित्रिएका थिए । चिनियाँ पर्यटकपछि बन्दीपुर आउनेमध्ये धेरै इटालीका छन् । इटालीका पाँच सय आठ जनाले बन्दीपुर भ्रमण गरेका छन् ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे, धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने धेरैले हिमालको दृश्यावलोकन गर्न पाउँछन् ।

भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्ने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक