नेपालगन्ज, कार्तिक १८
शुक्रबार राति जाजरकोटकाे रामीडाँडालाई केन्द्र बनाएर गएकाे ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेकाे संख्या १२९ पुगेकाे छ । जाजरकोट र रुकुम पश्चिममा गरी १२९ जनाकाे मृत्यु भएकाे नेपाल प्रहरीले जनाएको छ ।



प्रहरीका अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु र ५५ जना घाइते तथा रुकुम पश्चिममा ३७ जनाको मृत्यु र ८५ जना घाइते भएका छन् ।
घाइतेहरूको मिसन अस्पताल चौरजहारी, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।
भूकम्पमा परी नालगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहकाे पनि मृत्यु भएकाे छ ।