भुकम्पमा परि मृत्यु हुनेको संख्या १२९ पुग्यो

Devghat Online

शेयर गरौ

नेपालगन्ज, कार्तिक १८

शुक्रबार राति जाजरकोटकाे रामीडाँडालाई केन्द्र बनाएर गएकाे ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेकाे संख्या १२९ पुगेकाे छ । जाजरकोट र रुकुम पश्चिममा गरी १२९ जनाकाे मृत्यु भएकाे नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु र ५५ जना घाइते तथा रुकुम पश्चिममा ३७ जनाको मृत्यु र ८५ जना घाइते भएका छन् ।

घाइतेहरूको मिसन अस्पताल चौरजहारी, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

भूकम्पमा परी नालगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहकाे पनि मृत्यु भएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक