भूकम्पबाट घाइतेको उद्धार र उपचारमा खट्न एमाले पंक्तिलाई एमाले अध्यक्ष ओलीको आव्हान, एमालेद्वारा एक करोड सहयोग

Devghat Online

शेयर गरौ

काठमाडौं, कार्तिक १८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र उपचारमा खट्न पार्टी पंक्तिलाई आव्हान गरेका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उक्त आग्रह गरेका हुन् ।

‘भूकम्प रातको समयमा गएकाले उद्धार प्रभावकारी हुन सकेको छैन होला । मैले बिहान त्यहाँका केही साथीहरुसँग टेलिफोनमा कुराकानी गरेँ । यतिबेला त्यहाँ उद्धार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ । सबै साथीहरु उद्धारमा खटौँ’, ओलीले लेखेका छन्, ‘भूकम्प प्रभावित क्षेत्रभन्दा बाहिरकाले सहयोग पु¥याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नुपर्ने समय हो ।’

उनको थप भनाइ छ, ‘घाइतेहरुको उद्धार र उपचारमा परिचालित हुन पार्टीका साथीहरूलाई आह्वान गर्दछु। उद्दार र राहतमा संलग्न स्वयंसेवक साथीहरुले त्यससँग सम्बन्धित आवश्यक सूचना र उद्दार राहतमा आवश्यक सामग्रीको व्यवस्थाका लागि सामाजिक सञ्जाललाई सदुपयोग गर्नुहोला। देशभरिका साथीहरुले राहत र घाइतेको उपचारमा कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला। विशेषगरी सुर्खेत, नेपालगञ्ज, काठमाडौंका पार्टीका कमिटीहरुले उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक ब्लड संकलनमा सहयोग गर्नुहोला, उद्दारमा भीडभाड भन्दा छरितो व्यवस्थापन गर्नु पर्छ ।’

यसैविच प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भूकम्प प्रभावितको उद्धार, व्यवस्थापन तथा राहतका लागि एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको ६.४ रेक्टरस्केलको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम जिल्लामा ठूलोमात्रामा धनजनको क्षति भएपछि पीडितहरुको उद्धार, राहत तथा व्यवस्थापनका लागि सो रकम पार्टीको तर्फबाट सहयोग गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

पार्टी पङ्ति भूकम्प प्रभावित क्षेत्रमा उद्धार र व्यवस्थापनका लागि परिचालित भइसकेको र त्यसमा थप सहयोग गर्न एमालेले एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको नेता ज्ञवालीले जानकारी दिए । जाजरकोट र रुकुमपश्चिमका संयौं नागरिक पीडित भइरहँदा सिङ्गो मुलुकको सहयोगको खाँचो रहेको बताउँदै उनले सबैलाई सक्दो सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत

दमौली, असोज २ दमौलीको आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएको छ

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड

दमौली, असोज २ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड प्रदान गरिएको छ

आजबाट सोह्र श्राद्ध सुरु

देवघाट, असोज २ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष