राप्रपा तनहुँद्वारा पुर्व केन्द्रीय सदस्य दुर्गा श्रेष्ठलाई साधारण सदस्यबाट निष्कासन, थप कारवाहीको लागि केन्द्रीय समितिलाई सिफारिस

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक २४

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति तनहुँले पार्टीकी नेतृ तथा पुर्व मन्त्री दुर्गा श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको छ । राप्रपा तनहुँको शुक्रबार विहान बसेको बैठकले पार्टीको अनुशासन विपरित कार्य गरेको भन्दै केन्द्रीय सदस्य समेत रहेकी श्रेष्ठलाई साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको राप्रपा तनहुँका अध्यक्ष बिनोद घर्तीले बताए । श्रेष्ठलाई थप कारवाहीकोलागि प्रदेश र केन्द्रीय नेतृत्व समक्ष सिफारिस गरिएको अध्यक्ष घर्तीले जानकारी दिए ।

व्यास नपा २ निवासी श्रेष्ठले स्थानीय, प्रदेश र संघको निर्वाचनमा पार्टीको उम्मेदबारलाई हराउनको लागि विपक्षी उम्मेदबारलाई भोट मागेको तथा जिल्ला र केन्द्रीय नेतृत्व प्रति लगातार नकारात्मक टिका टिप्पणी गरेको र अफवाह फैलाएको तथा कार्यकर्तालाई अन्य पार्टीमा आबद्ध हुन आग्रह गरेको आरोप लागेको अध्यक्ष घर्तीले जानकारी दिए ।

गत कार्तिक १८ गते आबुँखैरेनीमा पार्टीका केन्द्रीय उपाध्यक्षद्वय रविन्द्र मिश्र र हेमजंग गुरुङ तथा महामन्त्री डा.धवल शमशेर राणा उपस्थित रहेको कार्यक्रममा श्रेष्ठको अभद्र व्यवहारको कारण कार्यक्रममा कार्यकर्ता निराश भएको र श्रेष्ठबाट हुने क्रियाकलापले पार्टीको संगठन निर्माणमा अवरोध पुगिरहेको हुँदा श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गर्दै थप अनुसन्धान गरि थप कारवाही गर्न केन्द्र र प्रदेश नेतृत्व समक्ष सिफारिस गरिएको राप्रपा तनहुँका अध्यक्ष बिनोद घर्तीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण