तनहुँका राजभण्डारीलाई दोस्रो पटक अष्ट्रेलियामा वरिष्ठ स्वयंसेवक पुरस्कार

Devghat Online

शेयर गरौ

दमौली कार्तिक ३०

तनहुँको दमौली निवासी शंकरलाल राजभण्डारीले अष्ट्रेलियामा वरिष्ठ स्वयंसेवक अवार्ड प्राप्त गरेका छन् । अष्ट्रेलियाका वरिष्ठ बहुसांस्कृतिक मन्त्री मार्क क्युरले राजभण्डारीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।

राजभण्डारीले दोस्रो पटक उक्त पुरस्कार प्राप्त गरेका हुन् । गत वर्ष पनि राजभण्डारीले उक्त पुरस्कार पाएका थिए । त्यसक्रममा राजभण्डारी नेपालमा रहेका कारण उक्त पुरस्कार नातिनीले ग्रहण गरेकी थिइन् ।

नेपाली समुदायको प्रतिनिधित्व गर्ने नेपालीहरूबीच समुदायमा उत्कृष्ट काम गरेबापत उनलाई वरिष्ठ स्वयंसेवक पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार क्युरले बिहीबार आयोजित विशेष समारोहमा राजभण्डारीलाई प्रदान गरेका छन् । पुरस्कार ग्रहण गर्दै राजभण्डारीले यसले आफूलाई हौसला मिलेको उल्लेख गरे ।

वरिष्ठ स्वयंसेवक उपलब्धि पुरस्कार ६५ वर्ष वा सोभन्दा माथिका व्यक्ति जसले स्थानीय समुदायमा महत्वपूर्ण योगदान पु¥याएका छन् त्यस्ता व्यक्तिलाई प्रदान गर्ने गरिएको ।

कार्यक्रममा क्युरले राजभण्डारीलाई पुरस्कृत गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, “धेरै सोचविचार पछि यस प्रतिष्ठित पुरस्कार तपाईलाई दिन पाउँदा मलाई ठूलो सौभाग्य मिलेको छ ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण