भरतपुरमा बोराभित्र भेटिएको शव पहिचानमा सघाउन प्रहरीको आग्रह

Devghat Online

शेयर गरौ

भरतपुर, मंसिर १०

भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कल्भर्टमा दुई वटा जुटको बोराभित्र भेटिएको महिला र पुरुषको पहिचान गर्न जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ । प्रहरीले केही फोटोहरु पनि सार्वजनिक गरेको छ ।

शव फेला परेको सम्बन्धमा ७७ वटै जिल्लामा हुलिया परिपत्र गर्दा समेत हाल सम्म सनाखत हुन नसकेको हुँदा निज मृतकको शरिरमा रहेका चिजबस्तु, चिन्ह तथा कपडाहरुबाट सनाखत हुन सक्ने हुँदा भन्दै सार्वजनिक गरेको हो । सो चिजबस्तु, चिन्ह तथा कपडाको फोटो हेरी चिन्नुहुने जो कोहिले नजिकको प्रहरी कार्यालय तथा यस कार्यालयको फोन ९८५५०९०१३३ मा फोन सम्पर्क गरी अनुसन्धानमा सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

गत बुधवार महिला र पुरुषको शव भरतपुरको मिलनचोकमा बोराभित्र बाधेर फालेको अवस्थामा फेला परेको थियो । प्रहरीले छिमेकी देश भारतलाई समेत शव पहिचानको लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक