गलेश्वर आश्रम देवघाटका पिठाधिश गिरीलाई भारती खरेल पुरस्कार

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १८

भारती खरेल प्रतिष्ठानले अध्यात्म साधनामा योगदान गरेबापत देवघाट स्थित गलेश्वर आश्रमका पिठाधिश डा.स्वामी आत्मानन्द गिरीलाई यसवर्षको भारती खरेल पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति डा. वासुदेव त्रिपाठीले गिरीलार्ई ५१ हजार राशि नगदसहितको पुरस्कार र सम्मानपत्रद्वारा सम्मान गरे ।

साहित्यकार स्व. भारती खरेलको ८६ औँ जन्मजयन्ती तथा ३१ औँ स्मृति दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक प्रयागराज भट्टराई वाशिष्ठले सम्मानित व्यक्तित्वको परिचय र योगदानबारे प्रकाश पारेका थिए ।

विसं १९९५ मंसिर १६ गते जन्मिएकी खरेलको विसं २०४९ साउन ४ गते निधन भएको थियो । विसं २०४९ मा पति समाजसेवी चद्रिकानन्द खरेल र छोरा गायक दीपक खरेललगायतले पुरस्कारका लागि अक्षयकोष र प्रतिष्ठान स्थापना गरेका थिए ।

प्रतिष्ठानले यसअघि विभिन्न सात संस्था, १५ साहित्यकार, चार समाजसेवी र पाँच अध्यात्मसाधकलाई यो पुरस्कार प्रदान गरिसकेको छ । स्व खरेलका गङ्गा–जमुना, एउटी आमाको कथा, भजन भारती तथा नवरत्नलगायत नौ कृति प्रकाशित छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी