देउसी भैलो बाट संकलित रकम दीर्घरोगीलाई सहयोग

Devghat Online

शेयर गरौ

अन्जान परियार
भिमाद, मंसिर १८

भिमाद एफ.एम १०० दशमलब ९ मेगाहर्जले देउसी भैलोबाट संकलित रकम दिर्घरोगीको उपचारको लागि सहयोग गरेको छ । भिमाद एफ एमको आयोजनमा मौनता ब्यान्ड र स्थानिय कलाकारहरुको सहभागितामा गत कार्तिक २६ देखि ३० गतेसम्म भिमाद बजारमा देउसी भैलो कार्यक्रम गरिएको थियो । सो कार्यक्रमबाट संकलन भएको रकम मध्य पन्ध्र हजार रुपैयाँ तीन जना दिर्घरोगिहरुलाई सहयोग गरेको हो ।

कला, संस्कृति र चाडपर्वको मौलिकतालाई जोगाउने मुख्य उद्देश्य सहित गरिएको देउसी भैलो कार्यक्रमबाट संकलित रकम भिमाद नगरपालिका वडा नम्बर २ अकला प्रगतिशिल टोल निवासी क्यान्सर पिडित लोक मायाँ थापालाई ५ हजार, सवारी दुघर्टनामा घाइते भई प्यारालाइसिस भएका भिमाद नगरपालिका वडा नम्बर २ हैदगा निवासी बेल बहादुर सार्कीलाई ५ हजार र बौदीकाली गाउँपालिका स्थायी घर भई हाल भिमाद नगरपालिका वडा नम्बर ६ मालेबगर बस्दै आएका राजु कुमार सुनारलाई ५ हजार सहयोग गरेको एफ एमका अध्यक्ष मिलन आलेले बताए ।

आलेले बिरामीहरुको थप उपचारमा राहत पुग्ने उदेश्यले सहयोग गरेको बताउँंदै जाजरकोटका भूकम्प पिडितको लागि समेत सहयोग गर्ने तयारीमा रहेको जनाएका छन् ।

भिमाद एफएमका अध्यक्ष मिलन आले, उपाध्यक्ष ध्रुव राज सुवेदी, सहसचिव शालिकराम सुनार, कोषाध्यक्ष सुजन राना, समाजसेवी सुकु मायाँ राना, आशा थापा, कार्यक्रम सन्चालक एबम् मौनता ब्यान्डका सदस्य सुमन रतन, कार्यक्रम सञ्चालिका पविना श्रेष्ठ र अञ्जना थापा लगायतले सहयोग रकम हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु