भानुमा सामुदायिक विपद् प्रतिकार्य तालिम शुरु

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १९

भानु नगरपालिकाको आयोजना र भानु १ भन्सार हात्तीचौरमा रहेको नेपाली सेनाको रुरु भैरब दल गणको सहकार्यमा सामुदायिक विपद् प्रतिकार्य तालिम सोमबारबाट शुरु भएको छ ।

चार दिन सम्म संचालन हुने तालिममा विपद् आउनु पूर्व अपनाउनु पर्ने सावधानी, विपद्को समयमा गर्नु पर्ने कार्य र विपद् पछिको अवस्थामा गर्नु पर्ने कार्यका बारेमा ब्यवहारिक अभ्यास मार्फत जानकारी गराउने लक्षका साथ तालिमको आयोजना गरिएको भानु नगगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । भानु नगरपालिका विपद्को उच्च जोखिम रहेको र विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले पनि तालिमको आयोजना गरिएको प्रमुख त्रिपाठीले बताए ।

नेपाली सेनाको रुरु भैरब दल गण हात्तीचौरका गणपति प्रमुख सेनानी हिमाचल जङ शाहले विपद्ले जनधनको अकल्पिनिय क्षति हुन सक्ने भएकाले विपद् आउनु अगाबै सबै नगरिक सचेत रहनु पर्ने भन्दै तालिमले विपद् ब्यवस्थापनमा सघाउ पु¥याउने विश्वास ब्यक्त गरे ।

नगरपालिकाका प्रत्येक वडाका स्थानीय संघ संस्थाका प्रतिनिधि १÷१ जना, जन प्रतिनिधि १÷१ जना, नगर प्रहरी, विपद् प्रतिकार्य समितिका सदस्य लगाएतको ४० जनाको सहभागिता रहेको तालिममा नेपाली सेनाको रुरु भैरब दल गणका सेनाले तालिम प्रदान गरेको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय