भानुको तुरतुरे क्षेत्रमा बजार अनुगमन

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १९

तनहुँको भानु नगरपालिकाको बजार क्षेत्रमा अनुगमन गरिएको छ । नगरपालिकाको वडा नम्बर ३ तुरतुरे र चाम्बास क्षेत्रमा अनुगमन गरिएको हो । बजारमा हुन सक्ने कालोबजारी, अखाद्य बस्तुको बिक्री वितरण, मापदण्ड विपरित दर्ता बिनाका ब्यवशाय, सरसफाईको अवस्था लगाएतका विषयमा अनुगमन गरिएको भानु नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक उमा गोतामेले जानकारी दिइन् ।

नियम विपरीत ब्यवसाय गर्ने, कालोबजारीलाई नियन्त्रण गर्ने कार्य अन्तरगत बजार क्षेत्रहरुमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए । भानु नगरपालिका अन्तरगतका मुख्य बजारहरु भन्सार, तुरतुरे, बाईसजंगार, चन्द्रावती लगाएतका बजार क्षेत्रमा अनुगमनलाई निरन्तरता दिँदै जुनसुकै बेला पनि अनुगमन गरिने उनले बताए ।

अनुगमनका क्रममा किराना पसल, होटल, खाजाघर, माछामासु पसल लगाएतको पसलहरुको अनुगमन गरिएको थियो । म्याद सकिएको अखाद्यबस्तु, ब्यवसाय दर्ता नगरी सन्चालन गरेको, मूल्यसुची टाँस नगरिएको, सरसफाईको कमि लगाएतको कैफियत देखिएको उपभोक्ता हित संरक्षण समिति भानुका संयोजक एवं योजना शाखाका अधिकृत युवराज ज्ञवलीले बताए । साथै उनले ब्यवशाय दर्ता नगर्नेका लागि तत्काल ब्यवसाय दर्ता गरी सन्चालन गर्न, मूल्यसुची उपभोक्ताले देखिने गरी राख्न, सरसफाईमा ध्यान दिन निर्देशन दिइएको बताए ।

अनुगमनमा उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक उमा गोतामे, वडा नम्बर ३ का वडा अध्यक्ष तुलकुमार गुरुङ, नगर उद्योग वाणिाज्य संघ भानु नगर सभापति कृष्ण कुमार श्रेष्ठ, ईलाका प्रहरी कार्यालय भानुका प्रमुख प्रहरी निरीक्षक शुसिल घिमिरे, नगरपालिकाका वरिष्ठ अधिकृत युवराज ज्ञवली, नगरपालिकाको विभिन्न शाखाका कर्मचारीहरु, नगर प्रहरी, सन्चारकर्मी लगाएतको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मध्यनेपाल महोत्सव सम्पन्न, ४० हजार दर्शक, १ करोडको आर्थिक कारोबार

दमौली, माघ ५ नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर