तनहुँ कारागारमा पानीको अभाव, दैनिक ३५ हजार लिटर आवश्यक पर्नेमा २० हजार लिटर मात्रै आपुर्ती

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २६

तनहुँ कारागारमा पानीको अभाव परेको भएको छ । कारगारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यकता पर्नेमा हाल दैनिक २० हजार लिटर मात्र आपुर्ती हुँदै आएको छ । पानीको अभावमा कारागारका कैदी बन्दीलाई समस्या परेको कारागारका प्रमुख नारयण अधिकारीले बताए ।

मादी नदीको किनारमा इनार खनेर पानी आपुर्ती गरिँदै आएकोमा केही महिना यता नदीको गहिराई बढेर इनारमा पानी कम भएपछि पानीको आपुर्तीमा कमी आएको अधिकारीले बताए । अब पानीको आपुर्ती बढाउन नयाँ इनार खन्नु पर्ने मात्र विकल्प रहेको अधिकारीले बताए । अहिले जाडोको समयमा पानीको अभावले धेरै असर नगरेपनि गर्मी याम सुरु भएपछि भने निकै समस्या हुने भन्दै अधिकारीले यही जाडोको याममै पानीको आपुर्ती बढाउने विकल्प तयार गर्नु पर्ने बताए ।

सोमबार कारागारका निरिक्षणमा आएका निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी समक्ष कारागार प्रमुख अधिकारीले पानीको व्यवस्थाको लागि अहिलेबाट नै काम गर्नु पर्ने विषय अवगत गराएका थिए । निमित्त प्रजिअ भण्डारीले पानीको समस्याको बारेमा कारागार व्यवस्थापन विभाग र गृहमन्त्रालयमा लेखी पठाउने बताए । मादी नदीबाट ल्याईएको पानी नुहाउन, लुगा धुन, सरसफाई तथा सौचालयको लागि उपयोग गरिन्छ । पिउनकोलागि भने कारागार भित्र दमौली खानेपानी तथा उपभोक्ता संस्था मार्फत ४ वटा धारा जडान गरिएको छ ।

महिला तर्फ २० र पुरुष तर्फ ११५ गरि कुल १३५ जनाको क्षमता रहेको तनहुँ कारागारमा महिला तर्फ २२ जना र पुरुष तर्फ २८० गरि जम्मा ३०२ जना कैदी बन्दी रहेका छन् । महिला कारागारमा आमासँग ३ जना बालिकाहरु पनि रहेको कारागार प्रमुख अधिकारीले बताए ।

कारागारमा सबैभन्दा धेरै जबरजस्ती करणी मुद्धाका ८६ जना कैदी बन्दी रहेका छन् । त्यसपछि क्रमशः लागु औषध मुद्धाका ५६ जना, कतव्र्य ज्यान मुद्धाका ५३ जना, चोरीका २७ जना, सवारी ज्यानका १९ जना कैदी बन्दी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता