दमौली, मंसिर २६
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ को लागि सङ्कलित घटनाहरुको वार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम मंगलबार दमौलीमा सम्पन्न भयो । वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरुको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
इन्सेकको तथ्यांक अनुसार तनहुँमा सन २०२३ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका ८७ वटा घटनाबाट ९५ जना पीडित भएका छन् । सो कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सन २०२३ मा तनहुँ भएका मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरु सार्वजानिक गरेका थिए । यो अवधिमा भएको ९५ वटा मानवअधिकार उल्लंघनका घटनामा ७४ महिला र २१ पुरुष सहित ९५ जना पीडित भएका छन् । जसमा घरेलु हिंसा तर्फ सबैभन्दा धेरै ४३ वटा घटना भएका छन् । त्यस्तै बलात्कार, बलात्कार प्रयास र यौनजन्य दुव्र्यहवार तर्फ २३ वटा घटना भएका छन् । कुटपिट दुव्र्यहवारमा ६ वटा, हत्यामा ७, सम्पत्ती कब्जा २, सम्पत्ती तोडफोड २, जातिय विभेदको १, गिरफ्तार, १ स्वास्थ्यको अधिकार सम्बन्धी २ वटा घटना भएका छन् ।
सो कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले सरकारले मानवअधिकारको उल्लंघन गर्ने नभई संरक्षण गर्ने बताए । मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी हुनु अघि नै सरकारले मानवअधिकारको संरक्षणकोलागि काम गरेको उनले बताए । इन्सेक जस्ता मानवअधिकार संघ संस्थाले राज्यलाई मानवअधिकार कार्यान्वयनकोलागि समय समयमा खबरदारी गरिरहनु पर्ने उनले बताए ।
मानवअधिकार र मौलिक हकलाई व्यवस्थित गर्न राज्यले कानुनहरु बनाएको र ति कानुनहरुको कार्यान्वयन भएमा नै मानवअधिकारको पनि प्रत्याभुती हुने उनले बताए । मानवअधिकारको संरक्षण र सम्बद्र्धनको लागि इन्सेकको भुमिका महत्वपुर्ण रहेको स्मरण गर्दै भण्डारीले मानवअधिकारको रक्षाको लागि इन्सेकले आफ्नो भुमिका विगतको भन्दा अझ प्रभावकारी बनाउनु पर्ने बताए ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाँडले मानव अधिकारको घटना राज्यसँग सम्बन्धित हुने भएकोले प्रहरीले मानवअधिकार हननका घटनामा शुन्य सहनशिलताको नीति लिएको बताए । मानवअधिकारको संरक्षण र सम्बद्र्धनको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आईरहेको भन्दै उनले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताए । प्रहरीले मानवअधिकारको उल्लंघन ग¥यो भन्ने गुनासो आउन नदिने उनले प्रष्ट पारे । इन्सेकले मानवअधिकारको संरक्षण र सम्बद्र्धनमा राज्यलाई सहयोग गर्दै आएको उनको भनाई थियो ।
नेपाली काँग्रेसका जिल्ला प्रवक्ता हरिप्रसाद वाग्लेले मानवअधिकारको संरक्षणकोलागि नेपाली काँग्रेस सँधै प्रतिबद्ध रहेको बताए । लक्षित सुदायमा मानवअधिकार प्रति सचेतना जगाउन सकेमा मानवअधिकारको संरक्षण र सम्बद्र्धन हुने उनले बताए । उनले मानवअधिकारको संरक्षणमा इन्सेकले पु¥याएको योगदान महत्वपुर्ण रहेको बताए ।
नेकपा एमालेका जिल्ला सचिवालय सदस्य सिताराम सुर्खालीले मानवअधिकारको विषयलाई इन्सेकले राम्रोसँग उठान गरेको बताए । इन्सेकले उपलब्ध गराएको तथ्याङ्क सहितको प्रतिवेदनले राजनीतिक पार्टीलाई पनि आफ्नो बैठकहरुमा छलफल गर्ने आधार हुने उनको भनाई छ । इन्सेकको प्रतिबेदनले जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा प्रष्ट हुने भन्दै उनले मानव अधिकारको विषय विश्वव्यापी र सबैकोलागि भएको हुँदा राज्यले यसमा विभेद गर्न नहुने बताए । उनले मानव अधिकार हननका घटना निरुत्साहित गर्न पार्टीको तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सचिव बसन्त दरैले समाजमा भएका चोरी र अन्य अपराधिक घटनालाई पनि वर्ष पुस्तकमा समावेश गर्नु पर्ने बताए । सबैले शान्ति प्रक्रियालाई सहयोग गर्ने खालको कार्यक्रम गर्नु पर्ने उनले जोड दिए ।
गैसस महासंघकी सचिव एवं नेपाल बार एसोसियसनको मानवअधिकार तथा जनसरोकार समितिका संयोजक सरिता थापा भण्डारीले शिक्षा, स्वास्थ्य र खाद्यका विषयलाई पनि मानवअधिकार वर्ष पुस्तकमा समावेश गर्नु पर्ने बताए । अदालतमा विचाराधिन मुद्धाको विषयमा मानवअधिकार वर्ष पुस्तकमा राख्न नहुने उनको भनाई थियो ।
महिला मानव रक्षक सन्जालकी सदस्य बसुन्धरा घर्तीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महिला मानवअधिकार रक्षक सन्जालकी जिल्ला सदस्य सिर्जना तिवारी, नेपाल बार एसोसियसनका सचिव हरिमान श्रेष्ठ, पत्रकार महासंघ तनहुँका पुर्व उपाध्यक्ष नारयण खड्का, अपाङगता अधिकारकर्मी मदन पौडेल, पत्रकारहरु विकास खनाल, माधव पौडेल, शंकरराज नहर्की लगायतले सुझाव र जिज्ञासा राखेका थिए ।