चौतारी चितवनको भवन निर्माणका लागि उवासंघ चितवनबाट १ लाख सहयोग

Devghat Online

शेयर गरौ

चितवन, मंसिर २७

श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनले भरतपुरमा बनाउँदै गरेको भवनका लागी उद्योग बाणिज्य संघ चितवनले १ लाख सहयोग गरेको छ ।

उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई भवन निर्माणका लागि १ लाखको चेक वुधबार दिउँसो हस्तान्तरण गरेका हुन् । पत्रकारहरुको भवनका लागि संघका तर्फबाट संस्थागत सहयोग गरिएको भन्दै अध्यक्ष श्रेष्ठले चितवनको पत्रकारिता क्षेत्रको विकासमा भवनले अझैं ठूलो टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले चितवनको आर्थिक क्षेत्रमा सधै अग्रणी संस्थाका रुपमा नेतृत्व गरिरहेको उद्योग बाणिज्य संघको सहयोगले खास अर्थ राख्ने भन्दैं संघप्रति हार्दिक आभार ब्यक्त गरे । उनले संघको सहयोगले भवन निर्माणमा ठूलो टेवा पुगेको महसुस आफूहरुले गरेको भन्दैं भवन निर्माणले जिल्लाका पत्रकारहरुको संस्थागत विकासमा थप मद्दत गर्ने बताए ।

सो अवसरमा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरञ्जीवि सुवेदी, संघका प्रमुख कार्यकारी अधिकृत निल के।सी।, पत्रकार महासंघ चितवनका सल्लाहाकार तिलकराम रिमाल, प्रेस चौतारी केन्द्रीय निर्वाचन कमिटीका उपाध्यक्ष नवराज ढकाल लगायतको उपस्थिती रहेको थियो ।

चितवनको भरतपुर–११ बसेनीमा समाजसेवी केशव कार्कीले प्रदान गरेको ९ धुर जग्गामा चौतारीको देश कै पहिलो भवन निर्माण भैरहेको छ । भवनको दोस्रो तलाको ढलान गरिसकिएको छ । पहिलो तलाको काम फिनिसिङ्ग गर्ने काम सुरु भएको छ । भवनको पहिलो तलामा कार्यालय कक्ष, दोस्रोमा हल र तेस्रो तलामा आवासिय कोठाहरू रहनेछन् । भवनको लागत १ करोड ५० लाख अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ५ देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल

आबुँखैरेनीका विभिन्न योजनाको लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ । बैशाख ५ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी आगामी

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले